Comments Add Comment

पर्साबाट तीन जुवाडे पक्राउ, १५ जना फरार

१८ फागुन, काठमाडौं । पर्साको बहुदरमाईबाट मंगलबार तीन जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-९ का ४० वर्षीय गुरदेली साह, बाराको कलैया उपमहानगरपालिका-२३ का २३ वर्षीय जंगबहादुर साह र कलैया-१४ का ४० वर्षीय राजेश मेहता रहेका छन् ।

बहुदरमाई-१ स्थित बाँसघारीमा जुवा खेलीरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले घेरा हालेर उनीहरुलाई नियन्त्रणमा लिएको हो । सो क्रममा जुवा खेलाउने व्यक्ति रवीन्द्र महतोसहित १५ जनाभन्दा बढी व्यक्ति भने फरार भएको र उनीहरुको खोजीकार्य जारी रहेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक खनालका अनुसार जुवाखालबाट एकलाख ७६ हजार ४१५ रुपैयाँ बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment