Comments Add Comment

सुनको आयात कोटा बढाउन सुनचाँदी व्यवसायीको माग

१८ फागुन, काठमाडौं । कच्चा सुनको आपूर्ति कोटा बढाउन सुन चाँदी व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न माग गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको हो ।

महासंघको प्रतिनिधि मण्डलले वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईसँग भेटेर कच्चा सुन अभावका कारण बजारमा समस्या देखिएको  जानकारी गराईएको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।

अहिले बजारमा दैनिक २५ देखि ३० किलोसम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनुपर्ने माग राखेको अध्यक्ष शाक्यले बताए ।

पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउनअघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो ।

भेटपछि सचिव भट्टराईले कोटा वृद्धिगरी बजारमा देखिएको अभाव हटाउन पहल गर्ने प्रतिवद्धता जनाएका थिए । सम्वन्धित निकायहरुसँग आवश्यक परामर्शगरी समस्या समाधान गर्न मन्त्रालय तयार रहेको जवाफ सचिव भट्टराईले दिएको अध्यक्ष शाक्यले बताए ।

भेटमा सचिव अर्यालले सुनचाँदी ब्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने नीतिगत व्यवस्थाका लागि यस अघि मस्यौदा गरिएको र तयसर्लाइ कार्यान्वयन गर्न मन्त्रालय तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment