+
+
Shares

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १९ गते १२:५५

१९ फागुन, काठमाडौं । बैंकिङ कसूर मुद्दामा एकजना फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको छ । चितवनको रत्ननगर नगरपालिका–१३ घर भई ललितपुर महानगरपालिका–१४ तिखिदेवल बस्दै आएका ४४ वर्षीय तेजबहादुर खड्कालाई मंगलबार सीआईबीको टोलीले पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ५ दिन कैद सजाय र २१ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

खड्काले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी–जानी विभिन्न मितिमा चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो । तिखिदेवलमा लुकिछपी बसिरहेको अवस्थामा खड्कालाई पक्राउ गरी फैसला कार्यान्वयनाका लागि चितवन जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?