+
+
Shares

नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १९ गते १३:२४

१९ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।  पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि बैठक बस्न लागेको हो ।

बैठकमा पार्टी संसदीय दलको नेता परिवर्तन गर्ने प्रक्रिया अघि  मुख्य एजेण्डा रहेको एक केन्द्रीय सदस्यले बताए । केन्द्रीय कमिटीको बैठक बस्नुअघि बुधबार नै स्थायी कमिटी बैठक बसेको थियो ।

२३ गते संसद बैठकसमेत आह्वान भैसकेकोले अब संसदमा कसरी अघि बढ्ने भन्ने विषयमा प्रचण्ड-माधव समूहले केन्द्रीय कमिटीबाट रणनीति तय गर्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?