
१९ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेकपाको प्रचण्ड–माधव समूहसँग मिलेर कांग्रेस सरकारमा जानुपर्ने बताएका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव प्रचण्ड–माधव समूहले या कांग्रेसले ल्याउनेसमेत बताए ।
बुधबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले नेकपालाई टुटाउनका लागि भए पनि कांग्रेस सरकारमा जानुपर्ने बताए । उनले भने, ‘प्रचण्ड–माधव नेपालसँग मिलेर हामी सरकारमा जानुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो ।’
नेकपा विभाजन नभइ कांग्रेस सरकारमा गएर केही उपलब्धी नहुनेसमेत उनले बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्ड–माधव समूहसँग मिलेर भए पनि पदबाट हटाउने बताए । उनले सरकारको नेतृत्व गर्न कांग्रेस तयार रहेको पनि बताए ।
सरकारबारे कांग्रेसले आधिकारिक धारणा तय गरिसकेको छैन । सभापति शेरबहादुर देउवाले यसअघि नेकपाका दुवै खेमाको पक्ष– विपक्षमा कांग्रेस नलाग्ने बताएका थिए ।
आगामी २३ गते अपराह्न ४ बजे पुनर्स्थापित प्रतिनिधिसभाको बैठक बोलाइएको छ । सो बैठकमा सांसदहरुले खेल्ने भूमिका टुंगो लगाउन कांग्रेसले आगामी शुक्रबार संसदीय दलको बैठक बोलाएको छ ।
प्रतिक्रिया 4