
१९ फागुन, जनकपुरधाम। प्रदेश २ सरकारले केही दिनअघि गठन गरेको दलित विकास समितिका पदाधिकारीलाई बुधबार नियुक्ति पत्र प्रदान गरिएको छ ।
समाजिक विकास मन्त्रालयले आयोजना गरेको एक कार्यक्रमकाबीच मुख्यमन्त्री लालबाबु राउतले उनीहरुलाई नियुक्ति पत्र प्रदान गरेका हुन् ।
त्यस अवसरमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेशका १८ प्रतिशत दलित समुदायको पहिचान र अधिकार संरक्षण गर्नका लागि सरकारले दलित सशक्तीकरण ऐन बनाएको बताए ।
दलित विकास समितिलाई हरसम्भव सहयोग गर्ने बताउँदै उनले तत्काल कार्य अगाडि बढाउन नियुक्त भएका पदाधिकारीलाई निर्देशन समेत दिए ।
प्रदेश सरकारले केहि दिनअघि दलित विकास समितिको उपाध्यक्षमा रामप्रवेश बैठा तथा सदस्यहरुमा सेबकी देवी दास, श्यामसुन्दर सरदार, राजकुमार दास तत्मा र सुनिता मरिकलाई नियुक्त गरेको थियो ।
समितिका अध्यक्ष समेत रहेका समाजिक विकास मन्त्री नवल किशोर साहले नवनियुक्त पदाधिकारी र सदस्यलाई शुभकामना दिदै सरकारले हरसम्भव सहयोग गर्ने बताए ।
प्रतिक्रिया 4