Comments Add Comment

६३ प्रतिशत महिला हिंसाका घटना पतिबाटै

१९ फागुन, काठमाडौं । नेपालमा ६३ प्रतिशत महिला हिंसाका घटना श्रीमानबाटै हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । महिला आयोगको तथ्यांकअनुसार ६३ प्रतिशत महिला श्रीमानबाट पीडित हुने गरेको देखिएको हो ।

राष्ट्रिय महिला आयोगले बुधबार पत्रकारसँगको अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजनिक गरेको हो । आयोगमा दर्ता भएका महिलाविरुद्ध हुने हिंसाका उजुरीहरुको अध्ययनमा १९ प्रतिशत महिला परिवारका सदस्यबाट, ४ प्रतिशत प्राथमिक हेरचाहकर्ताबाट, साथी र छरछिमेकबाट पीडित भएका छन् । यस्तै २ प्रतिशत दाजुभाइबाट हिंसामा पर्ने गरेको तथ्यांकमा उल्लेख छ ।

आर्थिक वर्ष २०७६–०७७ मा घरेलु हिंसा ९ सय ६९ वटा र महिलाविरुद्धका अन्य हिंसाका १४० वटा उजुरी आयोगमा परेको छ । यस्तै आर्थिक वर्ष २०७६–०७७ मा घरेलु हिंसाका ८ सय ३७ वटा र महिलाविरुद्ध हुने हिंसाका १२६ वटा उजुरी आयोगमा परेको जनाइएको छ ।

कार्यक्रममा आयोगकी अध्यक्ष कमला पराजुलीले कुनै पनि खालका हिंसा न्यूनीकरणका लागि सक्दो कोशिश गर्ने बताएकी छन् । महिला आयोगमा पदाधिकारी नियुक्तिसँगै सर्वसाधारणको अपेक्षा बढेको र सबैको अपेक्षालाई पूरा गर्ने गरी काम अघि बढाएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment