Comments Add Comment

बी डिभिजन लिगमा नयाँबस्ती र टुसालले अंक बाँडे

१९ फागुन, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगमा नयाँबस्ती युथ क्लब र टुसाल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । बुधबार भएको खेलमा नयाँबस्ती र टुसालले १-१ को बराबरी खेलेका हुन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा ३९औं मिनेटमा विवेक गुरुङले गोल गर्दै नयाँबस्तिलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा टुसालले गोल पर्काए ।

टुसालका एलोन राईले ७१औं मिनेटमा बराबरी गोल गरेका हुन् ।

बराबरीपछि नयाँ बस्तीले ९ खेलबाट १२ अंक जोडेको छ । नयाँ बस्ती छैटौं स्थानमा छ । समान खेलबाट ९ अंक रहेको टुसाल सातौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment