Comments Add Comment

कलाकारिता एउटा नशा जस्तै रहेछः विजय लामा

क्याप्टेन विजय लामा चलचित्रमा पनि सक्रिय छन् । विजयले आफूलाई मन परेका चलचित्रमा काम गरिरहेका छन् । उनै, विजयले कुनै समय आफूलाई चलचित्र क्षेत्रले नै विर्सिएको बताएका छन् । उनले भने–‘लण्डनमा एभरेष्ट चलचित्रको छायांकनको बेलामा मलाई हँसियाको प्रिमियरका लागि मिलन चाम्स भाइले निम्तो दिनुभएको थियो । सो समयमा त मलाई चलचित्र क्षेत्रका मानिसहरुले विर्सिएका थिए । यो क्षेत्रको एउटा पाटो म पनि हुँ भन्ने धेरैलाई थाहा थिएन ।’ उनले आफूले कसैप्रति गुनासो नपोखेको पनि बताए ।

विजयले भविष्यमा आफूलाई जस्तो व्यवहार अरु कलाकारलाई नगर्न सबैसँग आग्रह गरे । विजयले भने–‘हामी त त्यो समयका कलाकार हौं, जुन बेलामा तीन बर्षमा बल्ल एउटा चलचित्र बन्थ्यो । एउटै हलमा चलचित्र ६ सय दिनसम्म चल्थ्यो । सबैभन्दा कान्छो उमेरमा चलचित्रलाई काँधमा बोकेर हिड्ने कलाकार सायद मै हुँला । १८ बर्षको उमेरमा नै मैले चलचित्रमा नायकको भूमिकामा काम गरेको थिएँ ।’

तीन दशक भन्दा लामो समयदेखि अभिनयमा सक्रिय रहेका विजयले चलचित्र क्षेत्रमा देखिएको गुट र उपगुटका कारण आफू अभिनयबाट नै टाढा हुने सोचमा पुगेको बताए । उनले कलाकारिता एउटा नशा जस्तै भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment