Comments Add Comment

‘नेफ्टा अवार्ड’मा ‘छक्का पन्जा ३’को वर्चस्व

काठमाण्डौको पाँच तारे होटल सोल्टी क्राउन प्लाजामा ६ घन्टा भन्दा लामो समय चलेको ‘दशौं नेफ्टा फिल्म अवार्ड’मा चलचित्र ‘छक्का पन्जा ३’ले आफ्नो वर्चस्व कायम गरेको छ । यो चलचित्रले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट कथा, उत्कृष्ट पटकथा, उत्कृष्ट हाँस्य कलाकार लगायतका मुख्य विधामा अवार्ड प्राप्त गरेको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अवार्ड समारोहमा चलचित्र क्षेत्रमा नयाँ तथा पुराना कलाकार, प्राविधिक, निर्माता, निर्देशक लगायतको बाक्लो उपस्थिती थियो । यस्तै, उत्कृष्ट नायकको अवार्ड विपिन कार्कीले चलचित्र ‘प्रसाद’बाट पाउँदा उत्कृष्ट नायिकाको अवार्ड मेनुका प्रधानले चलचित्र ‘साँइली’बाट प्राप्त गरिन् । यस्तै, नायक अनमोल केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह ‘पपुलर नायक–नायिका’को अवार्ड जित्न सफल भए ।

अवार्डमा साउन्ड इन्जिनियर प्रदिपकुमार उपाध्याय र प्रकाश व्यवस्थापक नारायण तिमिल्सिनालाई जनही ५१ हजार नगदसहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथी उपराष्ट्रपति नन्दबहादुर पुनले उनीहरुलाई ताम्रापत्र र चेक प्रदान गरेका थिए ।

विभिन्न ३६ विधामा आयोजकले अवार्ड प्रदान गरेको थियो । वि.सं २०७५ सालमा रिलिज भएका चलचित्रहरुलाई यो बर्ष नेफ्टाले अवार्ड प्रदान गरेको थियो । नेफ्टाका अध्यक्ष पुष्कर लामाले सुनसान रहेको चलचित्र क्षेत्रलाई नेफ्टा अवार्डले उत्साह भरेको बताए । यस्तै, ड्रिम हाई नेपालका अध्यक्ष कमल जीसीले अवार्ड भव्यताका साथ सम्पन्न भएकोमा खुशी व्यक्त गरे ।

ड्रिम हाई नेपाल र चलचित्र प्राविधिक संघले यो बर्षको नेफ्टा अवार्ड संयुक्त रुपमा आयोजना गरेका थिए । नेफ्टा अवार्डमा विभिन्न ३६ विधामा अवार्ड प्राप्त गर्ने चलचित्र र चलचित्रकर्मीको नाम यसप्रकार छः

 

मेकअप एन्ड हेयर : शमशेर लामा (रोमियो एन्ड मुना)

कस्ट्युम डिजाइनर : युबी थापा (इन्टुमिन्टु लन्डनमा)

कला निर्देशक : पासाङ टी शेर्पा (रोमियो एन्ड मुना)

ब्याकग्राउन्ड स्कोर : एलिस कार्की (डमरुको डन्डिबियोँ)

ध्वनी मिश्रण : मुकेश शाह (डमरुको डन्डिबियोँ)

गीतकार : जाऊँ माया सरर, गणेश शाह (प्रसाद)

संगीत : जाऊँ माया सरर, सुवास भुषाल (प्रसाद)

एरेन्जर : जाऊँ माया सरर, उदयराज पौडेल (प्रसाद)

गायक : जाऊँ माया सरर, केतन क्षेत्री (प्रसाद)

गायिका : समिक्षा अधिकारी, नाइँ नभन्नू ल ३

कथा : छक्का पञ्जा ३

पटकथा : छक्का पञ्जा ३ (दीपकराज गिरी)

संवाद : सुशिल पौडेल (प्रसाद)

ट्रेलर : साहिल खान (ए मेरो हजुर ३)

भीएफएक्स : रोमियो एन्ड मुना

रङ संयोजन : अर्जुन कार्की (हरी)

आदिवासी जनजाति : प्राङ्गना (तामाङ फिल्म)

सह–अभिनेत्री (महिला) : सुरक्षा पन्त (गोपी)

सह–अभिनेता (पुरुष) : अनुप बराल (डमरुको डन्डिबियोँ)

अभिनेता–नेगेटिभ रोल : प्रमोद अग्रहरी (कथा काठमाण्डू्)

अभिनेता कमेडी : केदार घिमिरे (छक्का पञ्जा ३)

द्वन्द्व निर्देशक : चन्द्र पन्त (रणवीर)

नृत्य निर्देशक : कविराज गहतराज (ए मेरो हजुर ३)

डेब्यु अभिनेत्री : सुहाना थापा (ए मेरो हजुर ३)

डेब्यु अभिनेता : धीरज मगर (इन्टु मिन्टु लन्डनमा)

डेब्यु निर्देशक : संगीता श्रेष्ठ (कथा काठमाडौं)

सम्पादक : मित्र गुरुङ (कथा काठमाडौं)

छायांकार : चिन्तनराज भण्डारी (हरी)

पपुलर अभिनेत्री : साम्राज्ञी शाह

पपुलर अभिनेता : अनमोल केसी

पपुलर फिल्म : छक्का पञ्जा ३

जुरी अवार्ड फिल्म : हरि

अभिनेता : बिपिन कार्की (प्रसाद)

अभिनेत्री : मेनुका प्रधान (साइँली)

निर्देशक : दीपाश्री निरौला (छक्का पञ्जा ३)

फिल्म : छक्का पञ्जा ३

 

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment