Comments Add Comment

भारतमा कोरोना संक्रमितको दर ६.८ प्रतिशतले घट्यो

३ चैत, काठमाडौं । भारतमा मंगलबार कोरोना भाइरसका नयाँ संक्रमितको संख्यामा कमी आएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारको तुलनामा कोरोनाको नयाँ संक्रमित संख्या ६.८ प्रतिशतले घटेको हो ।

पछिल्लो २४ घण्टामा २४ हजार ४९२ नयाँ कोरोना संक्रमित थपिएका छन्। यससँगै कूल संक्रमितको संख्या १ करोड १४ लाख पुगेको छ।

यस्तै २४ घण्टामा कोरोना संक्रमणबाट १३१ जनाको मृत्यु भएको छ । भारतमा हालसम्‍म एक लाख ५८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा २० हजार १ सय ९१ नयाँ संक्रमित निको भएर घर फर्किएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment