+
+
Shares

अस्ट्रेलियासँगको सम्बन्ध सुधार्न चीनलाई अमेरिकाको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३ गते १२:५३

३ चैत, काठमाडौं । अमेरिकाले चीनलाई अस्ट्रेलियासँगको सम्बन्ध सुधार्न आग्रह गरेको छ । अमेरिका-चीन सम्बन्ध सुधारको लागि कुनै पनि कदम चाल्नुभन्दा पहिला अस्ट्रेलियासँगको सम्बन्ध सुधार्नुपर्ने सर्त अमेरिकाले राखेको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडनका इन्डो-प्यासिफिक कोर्डिनेटर कुर्ट क्याम्पबेलले अमेरिकाले चीनसँगको प्रत्येक बैठकमा अस्ट्रेलियासँगको सम्बन्धको कुरा उठाउने गरेको बताए ।

बिहीबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता हुँदैछ । जो बाइडन अमेरिकाको राष्ट्रपति बनेसँगै दुई मुलुकबीच पहिलोपटक उच्चस्तरीय वार्ता हुन लागेको हो ।

क्याम्पबेलले अमेरिकाले कुनै पनि मुलुकसँग द्विपक्षीय सम्बन्धका लागि मात्र नभई आफ्ना सहयोगी मुलुकसँगको सम्बन्ध सुधारको लागि पनि कदम चाल्ने बताएका हुन् । क्याम्पबेलका अनुसार बाइडनले अस्ट्रेलियालाई कुनै पनि समस्यामा आफ्नो साथ रहेको वचन दिएका छन् ।

पछिल्लो समय अस्ट्रेलिया-चीन सम्बन्ध चिसिएको छ । अस्ट्रेलियाले कोरोना भाइरस (कोभिड-१९) को उत्पत्तिको विषयमा अनुसन्धान हुनुपर्ने माग गरेसँगै दुई मुलुकको सम्बन्ध तनावपूर्ण बनेको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?