Comments Add Comment

इँटाभट्टाको आगोमा खसेर सञ्चालकसहित २ जना घाइते

३ चैत, वीरगञ्ज । वीरगञ्जमा इँटाभट्टाको आगोले पोलेर दुई जना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका–३१ बेल्वाको कबी इँटा उद्योगको भट्टामा खसेर सञ्चालक ५० वर्षका कलाम मियाँ र भारतीय कामदार कमलेश कुमार घाइते भएका हुन् ।

उनीहरुमध्ये सञ्चालक मियाँको अवस्था गम्भीर छ । इँटाभट्टा नजिकै चिप्लिएर लडेका कामदार कमलेशलाई बचाउन जाँदा सञ्चालक मियाँ जलेर गम्भीर घाइते भएका हुन् ।

घाइते कमलेशका अनुसार आफू भट्टीमा खस्न लागेको देखेपछि उद्योग सञ्चालक मियाँ जोगाउन गएका थिए ।

उनको नारायणी बयोधा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।

कलामको शरीरको ५० प्रतिशत भाग आगोले जलेको नारायाणी बयोधा अस्पताललाई उधृत गर्दै डीएसपी खनालले बताए ।

घाइते कमलेशका अनुसार आफू भट्टीमा खस्न लागेको देखेपछि उद्योग सञ्चालक मियाँ जोगाउन गएका थिए । तर उनी स्वयं चिप्लेर भट्टीमा खसेको उनले बताए । कमलेश भने वीरगञ्जको बयोधा अस्पतालमा उपचाररत छन् ।

‘भट्टामा कसरी काम भइरहेको छ भनेर साहुजी हेर्न आउनुभएको थियो, अचानक म लड्न पुगेँ, हात र खुट्टामा हल्का आगोले भेटेको छ’ उनले भने, ‘मलाई उठाउन जाँदा उहाँ भट्टामा खस्नुभयो ।’

उद्योगका लेखापाल मजरे आलमका अनुसार मियाँ उद्योगको निरीक्षणका लागि भट्टामा जाँदा आगोमा खसेका थिए । ‘कसरी इँटा पोल्दैछन्, कामदारले के गर्दैछन् ? भनेर हेर्न जानुभएको थियो’ उनले भने ‘त्यही क्रममा खस्नुभएछ, पछि उद्दार गरेर अस्पताल पुर्‍यायौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment