+
+
Shares

प्रचण्डलाई ओलीको फोन : भेटौं न

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २ गते १८:१०

२ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटको प्रस्ताव गरेका छन् ।

माधवकुमार नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएपछि दबावमा परेका ओलीले आइतबार साँझ प्रचण्डलाई फोन गरेका थिए । उनले प्रचण्डलाई ‘भेटौं न’ भनेको उच्च स्रोतको दाबी छ ।

तर प्रचण्डले भेटका लागि रुची नदेखाएका स्रोतले बताएको छ । माओवादीका एक स्थायी कमिटी सदस्य भन्छन्, ‘पार्टीको बैठक चलिरहेको छ । बैठक सकेपछि खबर गरौंला भन्नुस् भनेका थियौं । के गर्नु हुन्छ ?’

संसद विघटनपछि साबिकको नेकपामा दुई समूहमा विभाजित नेताहरु २३ फागुनको सर्वोच्च फैसलासँगै एमाले र माओवादीमै फर्किएका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले जनता समाजवादी दलको मसर्थन लिने प्रयास गरिरहेका छन् भने प्रचण्ड कांग्रेस, माओवादी र जसपाको सरकार बनाउने प्रयासमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?