Comments Add Comment

माधव नेपाल समूहले राष्ट्रिय भेला नरोक्ने, ओलीको चियापानमा नजाने

नेकपाको झलनाथ खनाल-माधवकुमार नेपाल समूहले गरेको भेला । तस्वीर : शंकर गिरी/अनलाइनखबर ।

२ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग सोमबार दुई घण्टा भन्दा बढी छलफल गरेर फर्किएका नेता नेपालले राष्ट्रिय भेला नरोकिने बताएका हुन् । ओली समूहसँगको सम्वाद सकारात्मक हुन नसकेकाले भेला नरोकिने बताएका हुन् ।

धुम्बाराहीबाट फर्किएपछि खनाल र नेपाल समूहले बानेश्वरमा केन्द्रीय सदस्य तथा सांसदहरुको भेला राखेको थियो । उक्त भेलामा सहभागी एक नेताका अनुसार, ओलीसँगको छलफल निश्कर्षमा नपुगेकाले कुनै पनि नरोकिने निर्णय नेपालले सुनाएका छन् ।

ओलीले मंगलबार आफ्नो सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका छन् । तर नेता खनाल–नेपाल समूहका नेताहरुले उक्त चियापानमा नजाने बताएका छन् । नेताहरुले आफ्नो समूहका कोही पनि उक्त चियापानमा नजान निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment