+
+
Shares

अफगानिस्तानमा बम विष्फोटमा परी तीनजनाको मृत्यु, ११ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ५ गते १४:०५

५ चैत, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा भएको बम विष्फोटमा परी तीनजनाको मृत्यु भएको छ । उक्त विष्फोटमा अन्य ११ जना घाइते भएका छन् । अधिकारीहरुका अनुसार सरकारी कर्मचारी बोकेको गाडीमा बिहीबार बम विष्फोट गराइएको हो ।

रुसको मस्कोमा अफगानी सरकारका प्रतिनिधि, तालिबान, अमेरिका, रुसलगायत मुलुकका प्रतिनिधिहरुबीच भेटवार्ताको तयारी भइरहेको अवस्थामा काबुलमा उक्त विष्फोट भएको हो । अफगानिस्तानको शान्ति प्रक्रियामा बिहीबारको बैठक महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

काबुल प्रहरीका प्रवक्ताले तीनजनाको मृत्यु भएको पुष्टि गरे पनि यस विषयमा थप जानकारी दिएका छैनन् । बम विष्फोटको घटनामा ज्यान गुमाउनेहरुको पहिचान खुलेको छैन । घटनको जिम्मेवारी हालसम्म कुनै पनि संगठनले लिएको छैन । तर, अफगान सरकारले भने पछिल्लो समय सरकारी कर्मचारी, सामाजिक कार्यकर्ता र पत्रकारहरुमाथि तालिबानले आक्रमण गर्दै आएको आरोप लगाउँदै आएको छ ।

तालिबानले भने यो आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

एजेन्सीहरुको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?