Comments Add Comment

एकैसाथ तीन प्रदेशका ४ स्थानमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

६ चैत, काठमाडौं । माछापुच्छ्रे बैंकले एकै दिन तीन वटा प्रदेशका चार स्थानमा क्यूआरकोड सेवा सञ्चालनमा ल्याएको छ । माछापुच्छ्रे बैंकले देशका हरेक भागमा डिजिटल बैंकिङ सेवाको पहुँच पुर्‍याउने लक्ष्यका साथ शुक्रबार प्रदेश २ को गोलबजार, बागमती प्रदेशको चितवन र गण्डकी प्रदेशको कावसोतीमा गरी ४ वटा व्यापारिक संघसंस्थाहरुमा क्यूआर कोड सेवा सुरुवात गरेको हो ।

प्रदेश २ को गोलबजारस्थित पुरानो चोहर्वा हाटबजारमा क्यूआर कोड सेवा सुचारु गरेको बैंकले जनाएको छ । यसैगरी बागमती प्रदेश अन्तर्गत चितवनको नारायणगढस्थित कृषि हाटबजार चितवनमा सञ्चालित भरतपुर मलमल यातायात, चितवन यातायात, सम्योग नेपाल यातायात, मुक्तिनगर यातायात, पूर्वि चितवन यातायात र संयुक्त रुट व्यवस्थापन समिति चितवन तथा गण्डकी प्रदेशको कावासोतीस्थित अमलटारी मध्यवर्ति होमस्टेमा पनि क्यूआर कोड सेवा सुरु गरेको बैंकले जनाएको छ ।

नगदरहित कारोबारलाई प्रर्वद्धन गर्न स्थापना गरिएको क्युआर कोड सेवाबा ग्राहकहरुले आफूले उपभोग गरेको वस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।

आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको बिकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यूआर कोड सेवाप्रति आर्कषण बढ्दै गएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment