Comments Add Comment

चामल र खाने तेलको भाउ बढेको बढ्यै

६ चैत, काठमाडौं । यो साता पनि बजारमा अत्यवश्यकीय खाद्य वस्तुको मूल्यमा उतार चढाब देखियो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार हरियो तरकारी, मसला र फलफूलको भाउमा खासै ठूलो उतार चढाब छैन् । तर खाद्यन्नतर्फ भने व्यवसायीहरुले चामल र खाने तेलको भाउ भने झनै बढाएका छन् ।

दाल, चामल र तेलको मूल्यमा वृद्धि देखिएको नेपाल खुद्रा ब्यापार संघले जनाएको छ । म्यानमारको संकटका कारण मुसुराको दालको भाउ प्रतिकिलो बढीमा तीन रुपैयाँसम्मले बढेको छ भने चामल किलोमा ७ रुपैयाँ तथा तेलको भाउ २० रुपैयाँसम्मले बढेको संघले जनाएको छ । किलोमा ५९ रुपैयाँ रहेको जिरामसिनो चामलको भाउ ६६ रुपैयाँ पुगेको छ भने मासको दाल किलोमा तीन रुपैयाँले बढेर १६१ रुपैयाँ तोकिएको छ ।

बजारमा तोरीको तेलको भाउ २७५ रुपैयाँबाट बढेर २८५ रुपैयाँ पुगेको छ भने सोयबिनको तेलको भाउ पनि लिटरमा १० रुपैयाँले बढेको छ । यस्तै सूर्यमूखी तलेको भाउ पनि लिटरमा १० रुपैयाँले बढाएर २२५ रुपैयाँ कायम भएको नेपाल खुद्रा ब्यापार संघले जनाएको छ ।

यस्तै यो साता ब्रोइलर कुखुराको मासुको भाउ पनि बढेको छ । मासुको भाउ १० देखि १५ रुपैयाँले बढेर प्रतिकिलो ४२० रुपैयाँसम्म पुगेकोे राष्ट्रिय मासु व्यवसायी संघका अध्यक्ष रमेश खड्गीले बताए । यो साता कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले किसानका लागि १२ वटा पसल सटर दिने समाचार किसानका लागि खुसीको कुरा रह्यो ।

बजारमा खाद्यन्नको मूल्य वृद्धि अनियन्त्रित भए पनि यो साता पनि यससँग सम्बन्धित बजार अनुगमन भने कुनै निकायबाट हुन सकेन । खाने तेल र खाद्यन्नको मूल्यले उपभोक्ताको ढाड सेकिएको बेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने स्वास्थ्य सामग्री केन्द्रित अनुगमनलाई तीब्रता दिएको छ ।

हेर्नुहोस् मूल्य सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment