+
+
Shares

एघार पत्रकार संगठनबीच गठबन्धन, बस्नेत भन्छन्– विधान मिचेर महासंघको महाधिवेशन हुन दिन्‍नौं

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १३ गते १८:००

१३ चैत, काठमाडौं । आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा एघार पत्रकार संगठनबीच गठबन्धन गर्ने सहमति भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको प्रेस चौतारी नेपाल बाहेक लगभग सबैजसो संगठनबीच गठबन्धन भएको छ ।

प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल (माधव नेपाल समूह), प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जनपत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार संगठन, मिडिया नेपाल, प्रेस सेन्टर नेपाल, देशभक्त पत्रकार संघ र लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाज बीच महाधिवेशनमा गठबन्धन गर्ने सहमति भएको छ । संसद विघटन गर्ने निर्णयको विपक्षमा उभिएका संगठनहरुबीच गठबन्धन बनेको प्रेस वक्तव्य मार्फत जनाइएको छ ।

ओली समूह निकट प्रेस चौतारीले भने आजै पत्रकार महासँघमा ज्ञापनपत्र बुझाएको छ । महासंघको विधान विपरीत सदस्यता स्वीकृत, अनुमोदन र स्थान्तरण गरिएको भन्दै अध्यक्ष गणेश बस्नेत सहितको टोलीले ज्ञापनपत्र बुझाएको छ ।

विधान बिपरीत गरिएको निर्णय नरोकिएकाले महाधिवेशन हुन नदिने अध्यक्ष बस्नेतले चेतावनी दिएका छन् । ‘विधान विपरीत कुनै कदम चालिए प्रतिरोधमा उत्रन्छौं । महाधिवेशन हुन दिन्नौं’, बस्नेतले भने । महासंघको महाधिवेशन आगामी २५ चैतमा तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?