News Summary
Generated by OK AI. Editorially reviewed.- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र सञ्चारकर्मीका माग सम्बोधनको माग गर्दै नेपाल पत्रकार महासंघले माइतीघरमा प्रदर्शन गरेको छ ।
- महासंघका उपाध्यक्ष नितु पण्डितले सरकारले मिडियालाई प्रोत्साहन गर्नुको साटो अङ्कुश लगाउने काम गरेको आरोप लगाइन् ।
- उनले समाचार लेखेकै आधारमा सञ्चारकर्मीलाई धम्की दिने र पक्राउ गर्ने कार्य स्वीकार्य नभएको बताइन् ।
९ साउन, काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुनुपर्ने भन्दै नेपाल पत्रकार महासंघले काठमाडौंमा प्रदर्शन गरेको छ ।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति र मातहतका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला शाखाको आयोजनामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, सञ्चार जगतका अत्यावश्यक मागहरुको सम्बोधन, सञ्चारगृहहरुको सुरक्षा र नागरिक अधिकार रक्षा लागि भन्दै शनिबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कायम गर, समानुपातीक बिज्ञापन नीति तुरुन्त लागू गर, प्रेस स्वतन्त्रता कुनै सुविधा होइन, मौलिक अधिकार हो लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
महासंघका उपाध्यक्ष नितु पण्डितले दुई–तिहाइको बलियो सरकार बनेपछि प्रेस जगत्लाई अझ सशक्त र व्यवस्थित बनाउने अपेक्षा रहेपनि, राज्यको संरक्षणमा मिडियालाई प्रोत्साहन गर्नुको साटो अङ्कुश लगाउने काम गरेको बताइन् ।
सूचनाको पहुँचमा नियन्त्रण/अङ्कुश लगाउनु र समाचार लेखेकै आधारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धम्की दिइनु र पक्राउ गरिनु स्वीकार्य नभएको उनको भनाइ छ ।
उनले मिडिया गृहको ढोकामै गाडी रोकेर सूचना र प्रेसमाथि अवरोधको घटनामा दोषीमाथि कुनै छानबिन र कारबाही नभएकोमा दु:खद भएको उल्लेख गरिन् ।
प्रतिक्रिया 4