१४ चैत, काठमाडौं । घरेलु टोली नेपाल, थ्री नेशन्स कप फुटबलको फाइनलमा पुगेको छ, तर गोलबिहीन भएर । पहिलो खेलमा किर्तिस्तानको ओलम्पिक टोलीसँग गोलरहित बराबरी खेलेको नेपालले बांगलादेशसँग पनि त्यही नियति भोग्यो ।
शनिबार दशरंग रंगाशालामा उपस्थित भएका दर्शकहरुले नेपालको सुधारिएको खेल त हेर्न पाए । गोलको खुसी मनाउन पाएनन् । प्रशिक्षक बालगोपाल महर्जनले भने फाइनल गोल गर्ने प्रयास गर्ने र उपाधि जित्ने लक्ष्य रहेको बताए ।
नेपाल र बंगलादेशको फाइनल खेल सोमबार हुनेछ ।
प्रतिक्रिया 4