+
+

सेयर लगानीकर्ताले जान्नैपर्ने १० कुरा

रोयल आचार्य रोयल आचार्य रोयल आचार्य, रोयल आचार्य
२०७७ चैत १६ गते ९:२६

हामीले सेयर बजारबाटै उल्लेख्य आम्दानी गरेको धेरै उदाहरण पाउन सक्छौं । यद्यपि, सेयर बजारबाट ठूलो रकम आर्जन गर्नु त्यति सजिलो भने छैन । यसको लागि उल्लेख्य धैर्यता र अनुशासन भएर मात्र पनि हुँदैन । बजारको उल्लेख्य अनुसन्धान र त्यसलाई बुझ्नु पनि जरुरी हुन्छ ।

त्यसमाथि बेलाबेलामा सेयर बजारमा देखिने अत्यधिक उतारचढावले लगानीकर्ताहरुलाई द्विविधामा पारिदिन्छ । कतिबेला बेच्ने, कतिबेला प्रतिक्षा गर्ने र कतिबेला बेच्ने भन्ने भेउ उनीहरुले पाउन सक्दैनन् ।

अहिलेसम्म सेयर बजारमा लगानीको लागि ढुक्क हुन सकिने कुनै पनि नियम बनेको छैन । तर, राम्रो मुनाफा आर्जन गर्ने सम्भावना बढाउने केही नियम यहाँ उल्लेख गरिएको छ ।

१. अर्काको धेरै अनुशरण

सेयर खरिद गर्ने वा बिक्री गर्ने भन्ने निर्णय मानिसले आफ्ना, साथीभाइ, आफन्त वा अन्य विश्वासिलो मानिसको प्रभावमा परेर गर्छन् । त्यसैले एउटै सर्कलका धेरै मानिसले कुनै एउटै सेयरमा लगानी गर्छन् ।

दीर्घकालीनरुपमा भने यसले नोक्सानी पनि गर्न सक्छ । अर्काको अनुशरण नै गर्न हुँदैन भन्ने होइन त्यसैले कुन अवस्थामा लगानी गर्न सकिन्छ भनेर आफैंले राम्रोसँग सोचविचार गर्नुपर्छ ।

सेयर बजारका बादशाह भनेर चिनिने वारेन बफेटको भनाइ छ, ‘अरुले लोभ गरिरहेको बेला सधैं सावधान हुनुहोस् र अरु डराइरहेको बेला लोभी हुनुहोस् ।’

२. सुसूचित भएरमात्र निर्णय गर्नुहोस्

सेयर बजारमा लगानी गर्नुभन्दा पहिला राम्रोसँग अध्ययन गर्नु पनि जरुरी हुन्छ । तर, धेरैले लगानी गर्नुपूर्व राम्रोसँग अध्ययन गर्दैनन् । मानिसहरु कम्पनीको नामको आधारमा समग्र अवस्था नबुझी लगानी गर्छन् तर यो सेयर बजारमा लगानी गर्ने सही तरिका भने होइन ।

सेयर बजारमा लामो समयदेखि लगानी गर्दै आएका मानिसले पनि बजारको भाउ यो समयमा यहाँ पुग्छ भनेर भन्न सक्दैनन् । तर, अधिकांश लगानीकर्ता भने त्यसको ठीक विपरीतको काम गर्छन् ।

३. बुझेको कम्पनीमा मात्र लगानी गर्नुहोस्

लगानी सेयर बजारको समग्र अवस्था हेरेर भन्दा पनि सम्बन्धीत कम्पनीलाई ध्यानमा राखेर गर्नुपर्छ । त्यसैले आफूले बुझेको कम्पनीमा लगानी गर्नु राम्रो हुन्छ ।

यसको अर्थ तपाईंले कुनै कम्पनीमा लगानी गर्दै हुनुहुन्छ भने उक्त कम्पनीले के काम गर्छ भनेर तपाईंलाई राम्रोसँग थाहा हुनु जरुरी हुन्छ । त्यस कम्पनीले केकति लाभांश दिन्छ ? त्यो कम्पनीको सञ्चालक समिति वा व्यवस्थापन कस्तो छ राम्ररी अध्ययन हुनु जरुरी छ ।

४. बजारको मूल्य गणना गर्ने प्रयास नगर्नुहोस्

सेयर बजारमा लामो समयदेखि लगानी गर्दै आएका मानिसले पनि बजारको भाउ यो समयमा यहाँ पुग्छ भनेर भन्न सक्दैनन् । तर, अधिकांश लगानीकर्ता भने त्यसको ठीक विपरीतको काम गर्छन् ।

वित्तीय योजना बनाउनेले पनि यस्तो गणना नगर्न सुझाउँछन् । यसरी मूल्यको गणना गर्ने क्रममा मानिसहरुले आफूले पाउने रकम पनि गुमाउन पुग्छन् ।

अहिलेसम्म सफलतापूर्वक कसैले पनि सेयर भाउको अनुमान गर्न सकेका छैनन् । बरु यसको चक्करमा मानिसहरुले सेयर बजारमा आफ्नो सही नाफा लिन नसकेको जानकारहरु बताउँछन् ।

५. अनुशासित लगानीको अवधारणा पालना गर्नुहोस्

सेयर बजारमा सही तरिकाले प्रक्रियागतरुपमा सही बजारमा लगानी गरी उक्त लगानीलाई लामो समयसम्म राख्न सक्ने मानिसले अप्रत्याशित नाफा आर्जन गर्न सक्छन् । त्यसैले दीर्घकालीन लगानीलाई ध्यानमा राख्दै धैर्य गरेर अनुशासित लगानीको अवधारणाको अनुशरण गर्नुहोस् ।

६. भावनामा आएर निर्णय नगर्नुहोस्

धेरै लगानीकर्ताले आफ्नो भावनालाई रोक्न नसकेको कारण सेयर बजारबाट धेरै नोक्सानीको सामना गर्छन् । विशेषगरी लोभ र डरले मानिसहरुले सही समयमा आफ्नो सेयर किन्न वा बेच्न सक्दैनन् ।

मानिसहरुले छोटो समयमा धेरै पैसा कमाउने लोभलाई रोक्न सक्दैनन् । त्यसैले मानिसले लिन सक्नेजति फाइदा सेयर बजारबाट लिन सक्दैनन् ।

७. फरक फरक क्षेत्रमा लगानी गर्नुहोस्

फरक फरक क्षेत्रमा लगानी गर्नु निकै कम जोखिममा उल्लेख्य फाइदा कमाउने एक अर्को महत्वपूर्ण तरिका हो । कति धेरै क्षेत्रमा लगानी गर्ने भन्ने कुरा लगानीकर्ताको जोखिम बहनको क्षमतामा भर पर्छ ।

८. सम्भव हुने अपेक्षा गर्नु

तपाईंले सेयर बजारबाट धेरै नाफा कमाउने उद्देश्य राख्नु कुनै नराम्रो कुरा होइन । तर, तपाईंले राख्नुभएको लक्ष्य पूरा हुन सक्ने किसिमको हुनुपर्छ । उदाहरणको लागि पछिल्ला केही वर्षमा धेरै कम्पनीमा गरिएको लगानीमा ५० प्रतिशत नाफा आएको हुनसक्छ ।

यसको अर्थ तपाईंले लगानी गरेको कम्पनीमा पनि सोही किसिमको नाफा हुन्छ भन्ने होइन । यस विषयमा वारेन बफेटको सिद्धान्त यस्तो छ, ‘सेयर बजारमा १२ प्रतिशतभन्दा बढी कमाउनु तपाईंको निकै ठूलो भाग्य हो, यदि तपाईं यो कुरामा हाँसिरहनुभएको छ भने आफ्नै लागि समस्या निम्त्याउँदै हुनुहुन्छ ।’

९. पर्याप्त रकम भएको अवस्थामा मात्र लगानी गर्नुहोस्

सेयर बजारको अवस्था सधैं तलमाथि भइरहन्छ । त्यसैले तपाईंले नोक्सानी भए पनि सहन सक्छु भन्ने सोचेर मात्र लगानी गर्नुहोस् । यस्तोमा यो रकम गुमाए पनि मलाई ठूलो असर पर्दैन भन्ने अवस्थामा मात्र लगानी गर्नुहोस् ।

यसको अर्थ तपाईंको लगानी गुम्न सक्छ भन्ने होइन, यसले राम्रो प्रतिफल दिन सक्छ । तर, शतप्रतिशत विश्वास केही कुरामा पनि हुँदैन । त्यसैले तपाईंले जोखिम उठाउनुपर्ने हुन्छ ।

१०. निरन्तर निरीक्षण गर्नुहोस्

सेयर बजारमा विश्वको कुनै पनि क्षेत्रमा हुने गतिविधिहरुले हाम्रो वित्तीय बजारमा असर पार्छ । त्यसैले हामीले निरन्तररुपमा आफ्नो लगानीमा निरीक्षण गरिरहनुपर्ने हुन्छ ।

जसको माध्यमबाट आफ्नो लगानी कतातिर जाँदैछ भन्ने आफूलाई थाहा हुन्छ । समयको अभाव वा राम्रो ज्ञान नभएको कारण तपाईं त्यसो गर्न सक्नुहुन्न भने तपाईंले अर्को जान्ने मानिसको सहायता पनि लिन सक्नुहुन्छ ।

तपाईं त्यसो पनि गर्न सक्नुहुन्न भने आफ्नो लगानी जोखिम कम हुने अन्य क्षेत्रमा लैजानु राम्रो हुन्छ । –एजेन्सीहरुको सहयोगमा

 

लेखक को बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment