+

बक्सिङ छनोट आइतबारदेखि

२०७७ चैत  २५ गते १९:०३ २०७७ चैत २५ गते १९:०३
बक्सिङ छनोट आइतबारदेखि

२५ चैत काठमाडौं । नेपाल बक्सिङ संघले एएसबीसी एलिट पुरुष तथा महिला बक्सिङ प्रतियोगिताका लागि खेलाडी छनोट प्रतियोगिता आइतबारदेखि सञ्चालन गर्ने भएको छ ।

एसियाली बक्सिङ महासंघ (एएसबीसी) को आयोजनामा प्रतियोगिता भारतको नयाँ दिल्लीमा मे २१ देखि ३१ तारिखसम्म हुँदैछ ।

पुरुषमा ४९, ५२, ५५, ६०, ६४, ६९, ७५ केजी र ९१ केजीमाथि गरी ८ तौलसमूहमा प्रतिस्पर्धा हुने नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् । महिलामा ४८, ५१, ५४, ५७, ६०, ६४ र ६९ केजी गरी ७ तौलसमूहमा भिडन्त हुने छ ।

बक्सिङ संघले आयोजना गरेको कुनैपनि प्रदेश, राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीले सहभागिताको अवसर पाउने बताइएको छ । १९ देखि ४० वर्ष भित्रका खेलाडी छनोटमा सहभागी हुन योग्य हुने छन् ।

कुन तौलसमूहका खेलाडी गराउने भन्ने विषयमा खेलाडीको प्रदर्शन र उत्कृष्टताको आधारमा संघले निर्णय गर्ने प्रवक्ता अवालेले जानकारी गराए । खेल सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा हुने छ । कोरोना भाइरस (कोभिड– १९) लाई ख्याल गर्दै एक बाउटमा ३ प्रशिक्षक वा सहयोगी मात्र खेल स्थलमा प्रवेश गर्न पाउने छन् ।

त्यस्तै बक्सिङ संघले आमन्त्रण गरेका सीमित अतिथि बाहेक दर्शकलाई हल भित्र प्रवेश निषेध गरिएको छ । छनोट चैत ३१ गतेसम्म चल्ने छ ।

बक्सिङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय