Comments Add Comment

जब जया बच्चनले फिल्म सेटमै रेखाको गाला चड्काइन् 

जया बच्चन आज आफ्नो ७३ औं जन्मदिन मनाइरहेकी छिन् । जया बच्चनलाई चिनाउने केही विशेषण छन् । जस्तो कि, उनी अमिताभ बच्चनकी श्रीमती हुन् । अभिषेक बच्चनकी आमा । तर बलिउडमा उनको आफ्नै चिनारी छ । बलिउडमा कहलिएकी अभिनेत्री हुन् उनी ।

जयाले १५ वर्षको कलिलो उमेरमै अभिनय सुरु गरेकी थिइन् । ७०–८० को दशकमा उनको करियर उत्कर्षमा थियो । जयाको क्रेज आकाशिएको थियो ।

फिल्मी करियरमा आफ्नो छुट्टै साम्राज्य बनाएकी जयाले आफ्नो निजी जीवनमा भने थुप्रै उतारचढाव भोगिन् ।

जयाका श्रीमान् अमिताभ बच्चन आफैंमा चल्तापुर्जा अभिनेता । करियर उत्कर्षमा छँदा उनको नाम बलिउडका केही अभिनेत्रीसँग जोडिए । खासगरी अभिनेत्री रेखासँग अमिताभको सम्बन्धले गसिप बजार तताइरह्यो । त्यसबेला अमिताभ र रेखाको जोडी आफ्नाे प्रेम जीवनका लागि चर्चामा रहिरह्यो ।

भनिन्छ, उनीहरु एकअर्काको प्रेममा पागल थिए । यद्यपि यो कुरा जब जयको कानसम्म पुग्यो, तब बबाल मच्चियो । यो किस्सा फिल्म ‘राम बलराम’को सेटमा भएको मानिन्छ । फिल्ममा रेखा र अमिताभ मुख्य भूमिकामा थिए । त्यसबेलासम्म रेखा र अमिताभको सम्बन्ध छताछुल्ल भइसकेको थियो । त्यही कारण जया चाहन्थिन् कि, अमिताभले रेखासँग काम नगरुन् ।

यसैले एकदिन अचनाक जया सेटमा पुगिन् । जब उनी त्यहाँ पुगिन्, अमिताभ र रेखा कुराकानी गरिरहेका थिए । जयाले सबैको सामुन्ने रेखालाई थप्पड हानिन् । अमिताभ त्यहाँबाट चुपचाप बाहिरिए । त्यति मात्र होइन, जयाले फिल्मबाट रेखालाई निकाल्ने पूरा प्रयास गरिन् तर यो संभव भएन । यसैगरी अमिताभलाई पनि फिल्म छाड्नका लागि जयाले जबरजस्ती गरिन् । तर, अमिताभले पनि यो कुरा स्वीकार गरेनन् ।

एक अन्तरवार्तामा रेखाले अमिताभ र जयाको विषयमा केही कुरा गरेकी थिइन् । रेखासँग जब अमिताभ र जयाको विषयमा सोधियो, तब उनले भनिन्, ‘मलाई लाग्छ कि जया आफ्ना श्रीमान् अमिताभबाट असुरक्षित छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment