Comments Add Comment

रमजानको महिना : हिजरी क्यालेण्डरको १२ महिनामा पर्ने मुख्य पर्वहरू

अप्रिल १३ अर्थात् मंगलबारदेखि इस्लाम धर्मावलम्बीहरुको पवित्र पर्व रमदान सुरु भएको छ । बुधबार पहिलो रोजा बसेसँगै रमदान सुरु भएको घण्टाघरमा रहेको काश्मिरी तकिया नेपाली जामे मस्जिदले जनाएको छ ।

जामे मस्जिदका अनुसार चैत ३० गतेदेखि नै तरावीह गर्नुपर्ने भए पनि नेपालको कुनै पनि भागमा चन्द्रमा नदेखिएकोले मंगलबार मात्रै तरावीह गरेर बुधबार रमजानको पहिलो रोजा बसिएको हो ।

रमजान हिजरी संवतको नवौं महिनामा पर्ने मुसलमानहरूको ठूलो पर्व हो । यो महिनामा मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको मान्यता राखिन्छ । यो महिनामा रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ ।

रोजा बस्दा बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गरिन्छ । यो पर्वमा दान दिनु, सेवा गर्नु, जकात निकाल्नु जस्ता काम गरिन्छ ।

इस्लामिक क्यालेण्डर र मुख्य पर्वहरू

इस्लामिक क्यालेण्डरलाई हिजरी संवत अनुसार मान्ने गरिन्छ । हिजरी सन सुरुआत मुहर्रम महिनाको पहिलो दिनबाट नै सुरु भएको थियो । यसको सुरुआत सन् ६२२ मा भएको थियो । हजरत मोहम्मदले जब मक्कबाट निस्किएर मदिनामा गएर बसेका थिए । त्यसलाई हिजरत भनिएको थियो । यसैबाट हिज्रको सुरुवात भयो । जुन दिन उनी मक्काबाट मदिना आए उक्त दिन हिजरी क्यालेण्डर सुरू भयो । हिजरी क्यालेण्डरको बारेमा एक रोचक तथ्य यो छ कि यसमा चन्द्रमाको घट्दो(बढ्दो चालका अनुसार दिनको संयोजन गरिएको हुँदैन ।

जसरी वैशाख १ गतेदेखि नयाँ वर्षको सुरुवात हुन्छ त्यसैगरी मोहर्रमको महिनाको पहिलो दिनलाई इस्लाम धर्ममा नयाँ वर्ष मान्ने गरिन्छ । यही दिन हिजरी संवतको पहिलो दिन हो ।

हिजरी क्यालेण्डरमा पनि १२ महिना हुन्छ । पहिलो महिना मुहर्रम या मोहर्रमका नौवां महिना रमजान समेत खास महिना हुन्छ । जुन महिनामा रोजा राखिन्छ । यसपटक रमजानको माहिना अंग्रेजी क्यालेण्डर अनुसार १४ अप्रिल २०२१ बाट प्रारम्भ हुने गर्छ ।

इस्लामिक महिनाहरू
१. मुहर्रम
मुहर्रम वा मोहर्रम हिजरी संवतको पहिलो महिना हो। मुहर्रम इमाम हुसेन र पैगम्बर मुहम्मदको शहादतको स्मरणार्थ यो महिना मनाउने गरिन्छ । मुहर्रम एक महिना हो जसमा इमाम, हुसेन आदिको स्मरणमा दश दिनसम्म शोक मनाइन्छ । जसलाई हुसैन इब्न अली पनि भन्ने गरिन्छ ।
२. सफ़र
यो हिजरी संवतको दोस्रो महिना हो ।
३. रबीउल अव्वल
यो हिजरी संवतको तेस्रो महिना हो
४. रबीउल आख़िर
यो हिजरी संवतको चौथो महिना हो ।
५. जमादी-उल-अव्वल
यो हिजरी स‌ंवतको पाँचौं महिना हो ।
६. जमादी-उल-आख़िर
यो हिजरी संवतको छैठौं महिना हो ।
७. रजब
यो हिजरी संवतको सातौं महिना हो ।
८. शाबान
यो हिजरी संवतको आठौं महिना हो । यो महिनामा शब(ए(बारात नामको पर्व पर्ने गर्छ । यो महिनाको १४ औं दिनको सूर्यस्तपछि यो पर्व मनाउने गरिन्छ ।
९. रमज़ान
यो हिजरी संवतको नवौं महिना हो । रमजान शब्द ुरुम्जु बाट आएको हो, जसको अर्थ ूसाना ढुंगामा पर्ने घामको चरम ताप भन्ने हुन्छ । रमजान ईश्वरीय नामहरूमध्ये एक हो । यो महिनामा पवित्र कुरान प्रकट भएको मान्यता राखिन्छ । यो सिंगै महिना भगवानको महिना हो ।
१०. शव्वाल
यो हिजरी संवतको १० औं महिना हो । यस महिनाको पहिलो दिन ईद उल फित्र मनाउने गरिन्छ ।
११. ज़िलक़ाद
यो हिजरी सं‌वतको ११ औं महिना हो ।
१२. ज़िलहिज्ज
यो हिजरी स‌ंवतको १२ औं महिना हो । यो महिनामा हज तीर्थयात्रा गर्ने गरिन्छ । यस अन्तिम महिनामा धू अल हिज्जाहको ८ देखि १२ औं दिनसम्म हजयात्रा गर्ने गरिन्छ । यही महिना ज़ु अल(हज्जा पर्व पनि मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment