Comments Add Comment

नेपाल टी-२० वरियताको १४ औं स्थानमा

१२ वैशाख, काठमाडौं । नेपालको टी-२० अन्तर्राष्ट्रिय वरियतामा एक स्थान सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आइतबार अपडेट गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १४ औं स्थानमा उक्लेको हो ।

शनिबार सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै उपाधि जितेको नेपालले वरियतामा पनि सुधार गरेको हो । आईसीसीले अपडेट गरेको नयाँ वरियताअनुसार नेपालको २८ खेलमा ५ हजार ११३ अंक र १८३ रेटिङ अंक छ ।

यसअघि नेपाल भन्दा अगाडि रहेको स्कटल्यान्ड १५ औं स्थानमा झरेको छ । एसोसिएट राष्ट्रहरुमा नेपालभन्दा अघि रहेको युएई १३ औं स्थानमा छ ।

नेपालभन्दा पछि पपुवा न्युगिनी १६ औं, नेदरल्यान्ड्स १७ औं, ओमान १८ औं, नामिबिया १९ औं र सिंगापुर २० औं स्थानमा छ ।

इंग्लयाण्ड विश्व टी-२० वरीयतामा शीर्ष स्थानमा यथावत छ भने भारत दोस्रो, अष्ट्रेलिया तेस्रो र पाकिस्तान चौथो स्थानमा यथावत छ । यस्तै न्यूजिल्याण्ड पाँचौ, साउथ अफ्रिका छैटौं, अफगानिस्तान सातौं, वेष्ट इन्डिज आठौं, श्रीलंका नवौं, बंगलादेश १० औं, जिम्बावे ११ औं र आयरल्याण्ड १२ औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment