Comments Add Comment

लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

१९ वैशाख, बुटवल । लुम्बिनी प्रदेश सरकारका कामचलाउ मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस पत्र पठाएका छन् । मन्त्रिपरिषदको बैठक बसेर प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।

‘प्रदेश प्रमुखको कार्यालयमा संसद् अन्त्य गर्न पत्र पठाइसकिएको छ’, एक मन्त्रीले भने । मुख्यमन्त्रीले राजीनामा दिएपछि विशेष अधिवेशनको प्रयोजन पनि सकिएकाले अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको उनले बताए ।

अविश्वासको प्रस्ताव माथि छलफल गर्न दिउँसो एक बजे बैठक बोलाइएको थियो ।

विपक्षी दलले अविश्वास प्रस्तावको तयारी गरेपछि चैत ५ गते मुख्यमन्त्री पोखरेलले हिउँदे अधिवेशन अन्त्य गराएका थिए । अधिवेशन अन्त्य भएको एक महिनापछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले वैशाख ६ गते मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

सोही दिन विपक्षी दलहरुले प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन बोलाउन माग गर्दै समावेदन गरेका थिए । सोही निवेदनका आधारमा वैशाख १५ गते प्रदेश प्रमुखले प्रदेश सभा सचिवालयलाई १९ गते विशेष अधिवेशन बोलाउन पत्र पठाएको थियो । सोही पत्रअनुसार आज दिउँसो विशेष अधिवेशन बोलाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment