१२ कार्तिक, बुटवल । लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश संयोजक सुदर्शन बरालले गृहमन्त्री सुधन गुरुङसँग हदबन्दीभन्दा बढी जग्गा भएको दाबी गर्दै उनीमाथि कारबाही नभएको बताएका छन् ।
नेकपाको रुपन्देहीमा आयोजित कार्यक्रममा बोल्दै उनले सर्वसाधारणसँग केही हजार रकम भेटिँदा कारबाही गर्ने सरकारले गृहमन्त्रीको कानुनविपरीत जग्गा भेटिँदा पनि कारबाही नगरेको बताएका हुन् ।
‘कानुनविपरीत हदबन्दीभन्दा बढी जग्गा भेटिँदा पनि गृहमन्त्रीमाथि कारबाही हुँदैन,’ उनले भने, ‘रास्वपाका मन्त्री सांसदहरूसँग सयौं तोला सुन छ, बालेनलाई करोडौंको गाडी चढ्न दिने विवादास्पाद व्यापारी कमल मालपानीमाथि छानबिन हुँदैन ।’
बरालले अहिलेको सरकारले देशलाई ‘पुलिस स्टेट’ बनाउन खोजेको आरोप लगाए ।
उनले नागरिकता विवादमा परेकी आनी छोइङ डोल्मामाथि पनि प्रश्न उठाए । उनलाई छानबिन गरी कारबाही गर्नुको साँटो लुम्बिनी विकास कोषमा नियुक्ति दिइएको भन्दै आपत्ति जनाए ।
प्रतिक्रिया 4