
फाइल तस्वीर
२१ वैशाख, काठमाडौं । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मीले निषेधाज्ञाको पूर्ण पालना गरेर सहयोग गर्न अपील गरेका छन् ।
अस्पतालमा कोरोना संक्रमित भएर आउनेको संख्या धान्नै नसक्ने गरी बढेकाले निषेधाज्ञाको पालना गरेर घरमै बस्न उनीहरुले आग्रह गरेका हुन् । संक्रमितको संख्या बढ्दै जाँदा राम्रोसँग उपचार नै नपाउने अवस्था आउनसक्नेतर्फ सचेत रहन उनीहरुले अपील गरेका छन् ।
अस्पतालका स्वास्थ्यकर्मी संगम कक्षपतिले स्वास्थ्य सावधानीसहित घरमै बसेर कोरोना संक्रमणबाट बच्न सकिने भन्दै निषेधाज्ञाको पालना गर्न अनुरोध गरे । अहिले देशभरका कोभिड अस्पताल र अन्य सरकारी अस्पतालमा संक्रमितको चाप बढिरहेको बेला उनीहरुले सर्वसाधारणलाई घरमै बस्न आग्रह गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4