Comments Add Comment

बिहीबार रातिबाट अन्तर्राष्ट्रिय उडान बन्द,आज ५१ वटा उडान-अवतरण

२३ वैशाख, काठमाडौं । आज (बिहीबार) राति १२ बजेटबाट नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुँदैछन् । सरकारले नेपालमा बढ्दो महामारी नियन्त्रणका लागि भन्दै रातिबाट भारतसँग सातामा दुई उडान छाडेर सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।

पहिलो चरणमा वैशाख मसान्तसम्म हवाई उडान बन्द हुनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकाअनुसार अन्तिम दिन अन्तर्राष्ट्रियतर्फ कुल ५१ वटा उडान-अवतरणको तालिका तय भएको थियो ।

यो कोरोना महामारीपछिको सामान्य दिनको तुलनामा करिब दोब्बर हो । आज नेपालबाट २६ उडान हुने र २५ वटा अवतरणको तालिका रहेको छ ।

भारतसँग भने एयर बबल सम्झौताअनुसार दुबै मुलुकका राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनीले सातामा एक-एक उडान गर्नेछन् । यसरी आएका यात्रु १० दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ । त्यसका लागि सरकारले होटेल समेत तय गरिसकेको छ ।

उडान बन्द घोषणापछि बढे हवाई यात्रु

बुधबार त्रिभुवन विमानस्थल हुँदै २२८९ जना यात्रु नेपाल आएका छन् । नेपालबाट भने ३८३८ जना यात्रु विदेशिएका छन् । नेपाल आउने भन्दा विदेश जाने यात्रु करीव दोब्बर देखिएको छ ।

नेपालमा बिहीबारबाट उडान बन्द हुने भएपछि वैदेशिक रोजगारीमा जानेहरुले बिहीबार पछाडिको टिकट समेत अगाडि सारेर उडान गरेकाले यात्रु संख्या बढेको हो ।
अप्रिल महिनामा नेपालबाट औसतः २३११ जना यात्रु नेपालबाट विदेशिएको तथ्यांक छ । औसतः २२१३ जना जना यात्रु नेपाल आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment