+
+

एमाले विभाजन भए माधव-झलनाथतिर लाग्छु : वामदेव गौतम

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २७ गते १३:१२

२७ वैशाख, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजित हुने अवस्था आए वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालतिर उभिने निचोड निकालेका छन् । गौतमले आफ्नो सचिवालयलाई नेपाल र खनालले अलग पार्टी बनाए त्यही पार्टीमा लाग्ने प्रष्ट पारेका हुन् ।

‘यदि उहाँ (खनाल र नेपाल) हरुले चाहे संसद्को ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु’ गौतमको भनाइ छ । तर अहिलेकै समानान्तर गतिविधिमा भने सामेल नहुने गौतमको भनाइ छ ।

तर अध्यक्ष केपी शर्मा ओलीतिर भने नउभिने पनि गौतमले प्रष्ट पारेका छन् । ‘२ जेठ २०७५ अगाडिकै अवस्थामा एमाले सञ्चालन गर्न अध्यक्ष केपी शर्मा ओली तयार हुनुभएन । त्यसैले म उहाँको साथमा छैन’, गौतमको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?