+
+

सेनाको हेलिकप्टरमा रुपन्देहीमा ४० सिलिन्डर अक्सिजन ल्याइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २९ गते २१:२२

२९ वैशाख, बुटवल । अक्सिजनको चरम अभाव भएपछि हेलिकप्टरमार्फत सिमरा र चितवनबाट ४० सिलिण्डर अक्सिजन रुपन्देहीमा ल्याइएको छ ।

नेपाली सेनाको हेलिकप्टरमा बुधबार साँझ ४० सिलिन्डर अक्सिजन रुपन्देही ल्याइएको हो ।

आपतकालीन व्यवस्थापन गरी सेनाको हेलिकप्टरबाट अक्सिजन सिलिण्डर रुपन्देही ल्याइएको उक्त अक्सिजनको लागत खर्च संघ र प्रदेश सरकारसंग मागिने र व्यवस्था नभए सिद्धार्थनगर नगरपालिका र बुटवल उपमहानगरपालिकाले साझेदारीमा व्यहोर्ने समझदारी गरिएको छ ।

उक्त अक्सिजनमध्ये धेरैजसो लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई र केही भीम अस्पताल भैरहवामा प्रयोग हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

बुटवल धागो कारखानामा सञ्चालित कोभिड अस्पतालमा अक्सिजन सिलिण्डर पुर्‍याइसकिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?