Comments Add Comment

को-को खेलाडी उत्कृष्ट छनोट भए नेपाल सुपर लिगमा ?

अन्जन उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलकिपर किरण

१ जेठ काठमाडौं । अन्जन विष्ट पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उत्कृष्ट फरवार्ड घोषित भएका छन् । शनिबार सम्पन्न फाइनल खेलमा काठमाडौं रेजर्सले धनगढी एफसीलाई १-० ले पराजित गर्दै उपाधि जितेको थियो ।

तेस्रो भएको ललितपुर सिटी एफसीका कप्तान तथा मार्की प्लेअर अन्जन उत्कृष्ट फरवार्ड बने । उनले प्रतियोगितामा ३ गोल गरेका थिए ।

यस्तै, काठमाडौंलाई च्याम्पियन बनाउन फाइनलमा निर्णायक गोल गरेका क्यामरुनी खेलाडी मेसोउके ओलोमोउ उत्कृष्ट मिडफिल्डर घोषित भएका छन् । उनले यो लिगमा ९ खेल खेल्दै सर्वाधिक ८ गोल गरे ।

यस्तै, फाइनलमा पराजित भएपनि धनगढीका कप्तान तथा आइकोनिक प्लेअर किरण चेम्जोङ उत्कृष्ट गोलकिपर चुनिए । धनगढीकै दिनेश राजवंशी उत्कृष्ट डिफेण्डर घोषित भए ।

च्याम्पियन काठमाडौंका बालगोपाल महर्जन उत्कृष्ट प्रशिक्षक चयन भए । यसैगरी काठमाडौंकै विश्वास श्रेष्ठ इमर्जिङ प्लेअर घोषित भए । उत्कृष्ट ४ खेलाडी र प्रशिक्षकले १-१ लाख प्राप्त गरे भने विश्वासले ५० हजार पाए ।

यस्तै चौथो बनेको बुटवल लुम्बिनी एफसीले फेयर प्ले अवार्ड पायो ।

एनएसएलको विजेता र उत्कृष्टहरु पुरस्कारसहित

विजेता : काठमाडौं रेजर्स – ३५ लाख

उपविजेता : धनगढी एफसी – १५ लाख

उत्कृष्ट फरवार्ड : अन्जन विष्ट (ललितपुर सिटी) १ लाख

उत्कृष्ट मिडफिल्डर : मेसोउके ओलोमोउ (काठमाडौं रेजर्स) १ लाख

उत्कृष्ट डिफेण्डर : दिनेश राजवंशी (धनगढी एफसी) १ लाख

उत्कृष्ट गोलकिपर : किरण कुमार लिम्बु (धनगढी एफसी) १ लाख

उत्कृष्ट प्रशिक्षक : बालगोपाल महर्जन (काठमाडौं रेजर्स) १ लाख

इमर्जिङ प्लेअर : विश्वास श्रेष्ठ (काठमाडौं रेजर्स) ५० हजार

फेयर प्ले अवार्ड : बुटवल लुम्बिनी एफसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment