Comments Add Comment

‘राधे’ पाइरेसी गर्नेलाई सलमानको कडा चेतावनी

बलिउड नायक सलमान खानले चलचित्र ‘राधे’ पाइरेसी गर्नेलाई कडा चेतावनी दिएका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले ओटीटी प्लेटफर्मबाट रिलिज भएको चलचित्र पाइरेसी गर्नेलाई कानुनी कारवाही गर्ने चेतावनी दिएका हुन् ।

चलचित्र पाइरेसी गरेर हेर्नेहरुसँग आक्रोशित हुँदै सलमानले लेखेका छन्–‘ हामीले हाम्रो चलचित्र राधे २४९ रुपैयाँमा हेर्न सक्ने गरि दर्शकमाझ ल्याएका थियौं । तर, यो चलचित्रको पाइरेसी भैरहेको छ । जुन गम्भिर अपराध हो । साइबर सेल गैह्रकानुनी रुपमा चलचित्रको पाइरेसी गर्नेविरुद्ध कडा कदम चाल्ने तयारीमा छ । म आग्रह गर्न चाहन्छु, तपाई यसको हिस्सा नबन्नुहोस् । नत्र, साइबर सेलले तपाइको विरुद्धमा कडा कदम चाल्नेछ । प्लिज, संझिनुहोला, तपाई साइबर सेलको निशानामा पर्न सक्नुहुन्छ ।’

सलमान खान, दिशा पटानी, ज्याकी श्राफ, रणदीप हुड्डा लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रलाई प्रभु देवाले निर्देशन गरेका हुन् । मे १३ मा रिलिज भएको यो चलचित्र रिलिज भएकै दिन पाइरेसी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment