Comments Add Comment

चीनमा दैनिक करिब एक करोड ४० लाखले लगाउँछन् कोरोना खोप

४ जेठ, काठमाडौं । चीनले अहिले विश्वमा सबैभन्दा धेरै दैनिक करिब एक करोड ४० लाख मानिसलाई कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइरहेको छ । अहिले कोरोना विरुद्ध आफ्ना नागरिकहरुलाई खोप लगाउँदै मुलुकको अर्थतन्त्र सबैभन्दा पहिला खोल्ने दाउमा विश्वभर खोप अभियान चलिरहेको छ । यस्तोमा दैनिक खोप लगाउनेको संख्याको आधारमा चीन सबैभन्दा अगाडि देखिएको हो ।

पछिल्लो समय चीनको पूर्वी प्रान्तमा अन्हुई र उत्तरपूर्वी लियाओनिङ प्रान्तमा कोरोनाका संक्रमित बढेसँगै चीनले आफ्नो खोप अभियानलाई तीव्रता दिएको हो । सामाजिक सञ्जालहरुमा राखिएको भिडियोमा मानिसहरु खोप लगाउन निकै उत्साहित देखिएका छन् । खोप केन्द्रअघि भारी वर्षा भइरहेको समयमा पनि लामो लाइन देख्न सकिन्छ । अन्हुई प्रान्तको राजधानी हेफेईमा शुक्रबार तीन लाख ६० हजार डोज कोरोना खोप दिइएको थियो । एक करोड मानिसको जनसंख्या रहेको यो शहरमा शुक्रबार सबैभन्दा धेरै मानिसले कोरोना खोप लगाएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले बताएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार अहिले चीन दैनिक २ करोड डोज कोरोना खोप दिनसक्ने अवस्थामा छ

अहिले चीनसहितका धेरै एसियाली मुलुकहरु मानिसहरुमा रहेको खोपप्रतिको अविश्वास हटाउन संघर्ष गरिरहेका छन् । केही मानिसहरु आफ्नो क्षेत्रले यसअघि देखिएको कोरोना संक्रमण हटाउन सफल भएको भन्दै अब कोरोना नलाग्नेमा ढुक्क भएर बसेका छन् भने केही मानिसहरु उपलब्ध कोरोना खोपमा विश्वास गर्दैनन् । यद्यपि पछिल्लो सिंगापुर र ताइवानजस्ता मुलुकमा फैलिएको कोरोना संक्रमणको कारण निकै कडा लकडाउन गरिएको र सबै मानिसहरुलाई खोप लगाउँदै कोरोनाको गम्भीर लक्षण देखिनबाट बचाउन सकिन्छ भन्नेतर्फ आफ्नो ध्यान केन्द्रित गरेका छन् ।

चीन अमेरिका र अन्य पश्चिमा मुलुकभन्दा पहिला कोरोना भाइरसलाई सफलतापूर्वक नियन्त्रण गरेकाले प्राप्त भएको फाइदा गुमाउन चाहँदैन । त्यसैले चीनले सबै नागिरकलाई कोरोना खोप दिनको लागि दबाब दिन सक्छ ।

चीनको नेशलन हेल्थ कमिसनको तथ्यांकअनुसार शुक्रबार चीनमा एक करोड ३७ डोज कोरोना खोप दिइएको थियो । यसको अर्थ अहिले चीन आफ्ना ४० प्रतिशत मानिसहरुलाई कोरोना खोप दिने लक्ष्यनजिक देखिएको छ । त्यसका लागि उसले जुन महिनाको अन्तिम सम्ममा ५६ करोड डोज कोरोना खोप दिनुपर्ने हुन्छ । आइतबारसम्मको तथ्यांकअनुसार अहिलेसम्म ३९ करोड ३० लाख डोज कोरोना खोप दिइएको छ । जसमध्ये २१ करोड डोज खोप पछिल्लो एक महिनामा दिइएको हो । यो तथ्यांकले पछिल्लो समय चीनमा कोरोना खोप अभियान निकै तीव्र गतिमा बढिरहेको देखाउँछ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार अहिले चीन दैनिक २ करोड डोज कोरोना खोप दिनसक्ने अवस्थामा छ ।

‘संकोच नमानौं, खोप लगाऔं’, सिन्ह्वा न्युज एजेन्सीले आफ्नो आधिकारिक वीच्याट एकाउन्टमा लेखेको छ, ‘नयाँ संक्रमित भएका मानिसलाई कोरोना खोप लगाइँदैन, त्यसैले अन्य मानिसहरुको लागि यो खतराको घन्टी हो । प्रतिरक्षाको पर्खाल बनाउन खोप अभियान कुनै विकल्प होइन, यो त एकमात्र उपाय हो ।’

आगामी वर्षसम्ममा चीनले ९० करोडदेखि एक अर्ब मानिसहरुलाई कोरोना खोप दिने अपेक्षा छ । त्यतिबेलासम्म चीनले हर्ड इम्युनिटीको विकास हुने चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका प्रमुख जर्ज फु गाओले बताएका छन् ।

चीनले कुनै पनि क्षेत्रमाका संक्रमितको संख्या १० भन्दा कम भए पनि विश्वको कुनै पनि मुलुकको तुलनामा निकै कडा किसिमको लकडाउन गर्दै मानिसहरुलाई क्वारेन्टिनमा राख्दै आएको छ । पछिल्लो समय केही नयाँ संक्रमित भेटिएसँगै चीनले लियाओनिङ प्रान्तस्थित यिन्कोउ सहरमा विद्यालयहरु बन्द गरेको छ । त्यस्तै अन्हुई प्रान्तको मानव बस्ती रहेको स्थानमा मानिसहरुलाई घरको कम्पाउण्डभन्दा बाहिर जाने अनुमति दिइएको छैन ।

क्यान्सिनो बायोलोजिक्स इंक कम्पनीको शेयर सोमबार हङकङमा १०.२ प्रतिशत बढेको छ । त्यस्तै सेन्जेन परिसूचकमा चोङकिङ जोफेई बोयोलोजिक्सको शेयर पनि ७ प्रतिशत बढेको थियो ।

ब्लुमबर्गबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment