Comments Add Comment

नेप्सेमा ६.३७ अंकको वृद्धि, कारोबार रकम उत्साहजनक

६ जेठ, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आज ६.३७ अंकको वृद्धि भएको छ । वृद्धि सामान्य भए पनि कारोबार रकम भने आज पनि उत्साहजनक देखिएको छ । साताको अन्तिम कारोबार दिन बैंक, विकास बैंक, वित्त, अन्य र म्यूचअल फण्ड परिसूचकमात्र हरियो रहे । अन्य परिसूचक भने घटेका छन् ।

यद्यपि समग्र नेप्सेमा भने वृद्धि भएको हो । नेप्से बिहीबार २७८७.१८ अंकका बन्द भयो । यो अघिल्लो दिनको तुलनामा ०.२३ प्रतिशत बढी हो ।

आज कुल २१४ कम्पनीको १ लाख ६ हजार ३ सय ९९ कारोबार भएको छ । यो कारोबारबाट २ करोड १ लाख ३३ हजार ६ सय २ कित्ता सेयर किनबेच भएको छ ।

बिहीबार कारोबार रकम ९ अर्ब ३० करोड ५२ लाख २२ हजार ४ रुपैयाँ भएको छ । पछिल्लो केही दिनयता कारोबार रकम ९ अर्ब भन्दा माथि पुगेको छ ।

दुई साता लगातार बढेको रुरु जलविद्यूतको मूल्यमा आज ब्रेक लागेको छ । रुरुसहित आज धेरै जलविद्युत कम्पनीको मूल्य घट्यो । बढी गुमाउने कम्पनीका लगानीकर्तामा आज पाँचथर पावर कम्पनी, खानिखोला हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनी, रुरु जलविद्यूत र ओरियन्ट होटल रहेका छन् ।

आज बढी कमाउने कम्पनीमा भने गुडविल फाइनान्स, मन्जुश्री फाइनान्स, समता लघुवित्त, गुर्खाज फाइनाइन्स, युनाइटेड आइडीआइ मार्दी हाइड्रोलगायत रहेका छन् । बिहीबार सबैभन्दा बढी कारोबार भएको कम्पनी नेपाल रिइन्स्योेरेन्स हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment