+
+
Shares

सेयर बजार २६५४ अंकमा, ७ अर्ब नाघ्यो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १५:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यो साताको पहिलो कारोबार दिन सेयर बजार ७.०६ अंक बढेर नेप्से परिसूचक २६५४ अंकमा पुगेको छ ।
  • कारोबार रकम अघिल्लो ६ अर्ब ७४ करोडबाट बढेर ७ अर्ब ४ करोड पुगेको छ ।
  • आज अन्य समूहको सूचक १.३६ प्रतिशतले बढेर सबैभन्दा धेरै वृद्धि भएको छ, जबकि व्यापार समूह ०.९३ प्रतिशतले घटेको छ ।

६ असोज, काठमाडौं । यो साताको पहिलो कारोबार दिन सेयर बजार ७.०६ अंक बढेको छ । यो वृद्धिपछि नेप्से परिसूचक २६५४ अंकमा कायम भएको छ । कारोबार रकम बढेको छ । अघिल्लो दिन ६ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४ करोडको भयो ।

आज अन्य समूहमा आकर्षण देखिएको छ । यो समूह सूचक सबैभन्दा धेरै १.३६ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.३५, विकास बैंक ०.४३, होटल तथा पर्यटन ०.३१, लगानी ०.४८, जीवन बीमा ०.८२, माइक्रोफाइनान्स ०.४८ प्रतिशत बढे ।

फाइनान्स ०.५२, जलविद्युत् ०.१४, उत्पादन तथा प्रशोधन ०.२४, निर्जीवन बीमा ०.०२, व्यापार ०.९३ प्रतिशत घटे । आज १३७ कम्पनीको मूल्य बढ्दा १३१ को घटेको छ । ११ कम्पनीको स्थिर रह्यो ।

मिडसोलु हाइड्रोपावरको मूल्य १५, फर्स्ट माइक्रोफाइनान्सको ७.७५, मैलुङखोला जलविद्युतको मूल्य ५.६३, मान्डु हाइड्रोपावरको ५.४३ प्रतिशत मूल्य बढ्यो ।

स्नो रिभर्सको ८.२३, नारायणी डेभलपमेन्ट बैंकको ६.९६,ब बोटलर्स नेपाल बालाजुको ६.७५, इनिफिनिटी लघुवित्तको ५.६४ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा हाथवे इन्भेस्टमेन्६ कम्पनी, हिमालयन डिस्टिलरी, घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी, कुमारी बैंक, सानिमा मिडिल तमोर तथा लक्ष्मी सनराइज बैंक क्रमश अगाडि रहे । ग्लोबल आईएमई बैंक, लिबर्टी इनर्जी, सिद्धार्थ बैंक, सानिमा मिडिल तमोर, शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?