६ असोज, काठमाडौं । मंगलबार सेयर बजार पहिलो एक घण्टामा १५ अंक बढेको छ । नेप्से परिसूचक २६६२ अंकमा कायम भएको छ ।
अघिल्लो दिन स्थगित भएको कारोबार मंगलबार सुरु भएको छ । यो बेलासम्म बजारमा २ अर्ब ८ करोडको कारोबार भएको छ । १६९ कम्पनीको मूल्य बढ्दा ८४ को घटेको छ भने १६ को स्थिर रहेको छ ।
म्युचुअल फन्डबाहेक सबै समूहत सूचक बढेका छन् । बैंकिङ ०.७०, विकास बैंक ०.७१, होटल तथा पयृटन ०.१२, जलविद्युत ०.४२, लगानी ०.८०, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.५६, निर्जीवन बीमा ०.६४ तथा अन्य ०.५३ प्रतिशत बढेका छन् ।
मिडसोलु हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको छ । स्नो रिभर्सको ९ प्रतिशत घटेको छ । यतिबेलासम्म धेरै कारोबार भएका कम्पनीमा हाथवे इन्भेस्टमेन्ट, कुमारी बैंक, लिबर्टी इनर्जी, हिमालयन डिस्टिलरी तथा लक्ष्मी सनराइज बैंक छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4