+
+
Shares

दोहोरो अंक घट्यो सेयर बजार, ४ अर्बमाथि कारोबार

अघिल्लो साता अर्थ मन्त्रालयले सेयर बजार सुधारका विभिन्न उपाय घोषणा गरे पनि त्यसको सकारात्मक प्रभाव भने बजारमा यो साता देखिएन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते १५:२०

१६ असोज, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ । शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ ।

आज ०.४५ प्रतिशतले बजार घटेको हो । शुक्रबार कारोबार रकम भने ४ अर्ब नाघेको छ । कुल ३ सय ५६ धितोपत्रको ४३ हजार ६ सय ८५ कारोबारबाट १ करोड १९ लाख १२ हजार ५ सय ५० कित्ता सेयर किनबेच भएको छ ।

यी किनबेचबाट ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १ सय ८१ रुपैयाँ बराबर कारोबार भएको छ । आज म्युचअल फन्ड र व्यापारबाहेक सबै उपसमूहको मूल्य घट्यो । जसले गर्दा समग्र सेयर बजार घटेको हो । आज सबैभन्दा धेरै (०.७३ प्रतिशत) उत्पादन तथा प्रशोधन उपसमूहका लगानीकर्ताले गुमाएका छन् ।

शुक्रबार एनएमबी डिबेन्चरको मूल्य सर्वाधिक १४.२९ प्रतिशत बढेको छ । एसबीएल डिबेन्चरको मूल्य ८.८० प्रतिशत बढ्यो । यसबाहेक मान्डु हाइड्रोपावर, लक्ष्मी उन्नति कोष, एनआईबीएल ग्रोथ फन्डजस्ता धितोपत्रको मूल्य धेरै बढेको छ ।

आज सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यसको मूल्य ८.५५ प्रतिशत घट्यो । धौलागिरि लघुवित्त वित्तीय संस्थाको मूल्य ४.९५ प्रतिशत घटेको छ ।

यसबाहेक मुक्तिनाथ कृषि कम्पनी, अपोलो हाइड्रोपावर, सर्वोत्तम पेन्ट्स लगायत धितोपत्रको मूल्यसमेत धेरै घटेको छ । एसबीएल डिबेन्चरको मूल्य सबैभन्दा धेरै मूल्यको कारोबार भएको छ ।

अघिल्लो साता अर्थ मन्त्रालयले सेयर बजार सुधारका विभिन्न उपाय घोषणा गरे पनि त्यसको सकारात्मक प्रभाव भने बजारमा यो साता देखिएन । लगानीकर्ता पर्ख र हेरकै रणनीतिमा रहेको सेयर बजारको प्रवृत्तिबाट देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?