Comments Add Comment

मोरङमा सुतेकै ठाउँमा हत्या गरिएको अवस्थामा पुरूषको शव भेटियो

७ जेठ, विराटनगर । मोरङको सुन्दरहरैँचामा सुतेकै ठाउँमा हत्या गरिएको अवस्थामा पुरुषको शव फेला परेको छ । सुन्दरहरैचा नगरपालिका–३ लोचनीमा ४० वर्षीय विष्णु ऋषिदेवको शव फेला परेको हो ।

प्रहरीका अनुसार मृतकको घाँटीमा धारिलो हतियार प्रहार गरिएको छ । ओछ्यानै हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

शुक्रबार बिहान प्रहरी घटनास्थल पुग्दा घरभित्र खाटमा लडिरहेको अवस्थामा शव फेला पारेको थियो । मृतक पुरुष अर्धनग्न अवस्थामा छन् । घटनास्थल रगताम्य रहेको प्रहरीले बताएको छ ।

गछिया खोला छेउको ऐलानी जग्गामा बनाएको छाप्रोमा विष्णु एक्लै बस्थे । उनकी श्रीमतीको मृत्यु भइसकेको छ । छोराछोरी पनि घरभन्दा बाहिर नै बस्ने गरेको प्रहरीले बताएको छ ।

शुक्रबार बिहान नउठेपछि बोलाउन गएका साथीहरुले हत्या गरिएको अवस्थमा शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले संकास्पदमाथि अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment