+
+

युटुबबाट हटाइयो चोरीको आरोप लागेको सर्ट फिल्म ‘मन बार’

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ७ गते १२:३२

नायिका सुरक्षा पन्त र नायक कोशिश क्षेत्रीको मुख्य भूमिका रहेको सर्ट फिल्म ‘मन बार’ युटुबबाट हटाइएको छ । यो चलचित्र सार्वजनिक भएको ३ सातापछि युटुबबाट हटाइएको हो ।

यो चलचित्रलाई चोरीको आरोप लागेको थियो । हिन्दी सर्ट फिल्म ‘नामर्द’सँग हुबहु मिलेपछि चलचित्रको आलोचना भएको थियो । सामाजिक संजाल र मिडियामा चर्को आलोचना भएपछि ओएसआर डिजिटलबाट अपलोड गरिएको यो चलचित्रलाई हटाइएको हो ।

यो चलचित्रलाई जीवन शाहीले निर्देशन गरेका हुन् । चलचित्रले आधुनिक शैलीमा जीवन बाँच्न चाहने यूवा र यूवतीको कथा भन्छ ।

रुपेन्द्र खड्गीले यो चलचित्रको कथा, पटकथा तथा संवाद लेखेका हुन् । आफू अभिनित चलचित्र हिन्दी चलचित्रबाट हुबहु कपी भएको थाहा पाएपछि नायिका सुरक्षा पन्तले दुःख व्यक्त गर्दै यसको सिरिजमा काम नगर्ने बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?