+
+
Shares

चुनावले रोकियो सुरक्षा पन्त स्टारर ‘चमेलीको पोइ’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १३:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चुनावी माहोलको कारण सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म 'चमेलीको पोइ' को प्रदर्शन स्थगित गरिएको छ।
  • एभरेस्ट सूर्य बोहरा निर्देशित फिल्म रामनवमी अवसरमा १३ चैतमा रिलिज गर्ने तयारीमा थियो, तर नयाँ मिति चाँडै घोषणा गरिनेछ।
  • चुनावको परिवेशलाई मध्यनजर गर्दै धनलक्ष्मी सिने मेकर्सले प्रदर्शन स्थगित गर्ने निर्णय गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ।

काठमाडौं । चुनावी माहोलको कारण धमाधम फिल्मको पूर्वनिर्धारित रिलिज र प्रदर्शन स्थगित हुने क्रम बढ्दो छ । यो सूचीमा थपिएको छ सुरक्षा पन्तको शीर्ष भूमिका रहेको फिल्म ‘चमेलीको पोइ’ ।

एभरेस्ट सूर्य बोहरा निर्देशित फिल्म रामनवमी अवसरमा १३ चैतमा आउने तयारीमा थियो । वर्तमान राजनीतिक स्थिती तथा निर्वाचनको परिवेशलाई मध्यनजर गरि उक्त निर्णय गरिएको बिहीबार जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्मको नयाँ प्रदर्शन मिति चाँडै घोषणा हुने जनाइएको छ । केही समयअघि सार्वजनिक फस्टलुक पोस्टरबाट चर्चा पाएको फिल्मले अबको प्रदर्शनको लागि आफू शान्तिपूर्ण माहोलको पर्खाइमा रहेको समेत जनाएको छ ।

शिवम अधिकारीको पटकथा, शेरबहादुर तामाङको छायांकन रहेको फिल्मको निर्मातामा सुनिता सापकोटा र रामनारायण उपाध्याय छन् । उदयविक्रम राणा, ऋतु मल्ल ठकुरी र कपिल आचार्य कार्यकारी निर्माताको रुपमा छन् ।

नारायण त्रिपाठी, सुरक्षा पन्त, मुकुन भुसाल, विल्सनविक्रम राई, रवीन्द्र झा, प्रेमदेव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, अंशु महर्जन, बबिन राई, खड्गबहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनिता सापकोटा, मीना शाहीको अभिनय छ ।

चुनावलाई कारण देखाउँदै यसैसाता श्री बुकुरो र बिगुलले प्रदर्शन स्थगित गरेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?