+
+

थप १५० भन्दा बढी आरोही पुगे सगरमाथाको चुचुरोमा

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ९ गते ११:२३

९ जेठ, काठमाडौं । शनिबारबाट मौसममा सुधार भएसँगै सगरमाथा आराहण धमाधम भइरहेको छ । पर्यटन विभागबाट खटिएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार शनिबार राति नै चुचुरोतर्फ लागेका थिए । त्यसमध्ये १५० भन्दा आरोहीले चुचुरो चुमिसकेको खबर आएको उनले अनलाइनखबरलाई जानकारी दिए ।

‘यो पाली ठूलो टोली गएको छ, संख्या यकिन भइसकेको छैन, उनले भने, ‘१५० भन्दा बढीले चढिसकेका छन्, थप आरोही माथि जाँदैछन् ।’

श्रेष्ठका अनुसार आइतबार सगरमाथाको मौसम राम्रो छ । सोहीकारण आरोहीलाई सहज समेत भएको छ ।

आरोहण सकिएपछि यो टोली तल झर्नेछ । त्यसपछि पुनः अर्को टोलीले भने आगामी साता मात्र आरोहणको योजना बनाउने छ । आजपछि अब २८/२९ तारिखमा मात्र मौसम अनुकुल हुने श्रेष्ठले जानकारी दिए ।

ल्होत्सेमा तीन भारतीयसहित ७ आरोहीको सफल आरोहण

ल्होत्से हिमाल (८५१६ मिटर)मा तीन जना भारतीयसहित ७ आरोहीले सफल आरोहण गरेका छन् । सेभेन समिट ट्रेक प्रालिका अनुसार यो टोलीले साढे ६ देखि साढे ९ बजेको बीचमा चुचुरो चुमेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?