Comments Add Comment

रोड्रिगेजले कोपा अमेरिका गुमाउने

१५ जेठ काठमाडौं । कोलम्बियाका मिडफिल्डर जेम्स रोड्रिगेजले आगामी जुनदेखि सुरु हुने कोपा अमेरिका फुटबल गुमाउने भएका छन् ।

शारीरिक अवस्था पूर्ण रुपमा ठिक नरहेको भन्दै रोड्रिगेजलाई राष्ट्रिय टिम बाहिर राखिएको हो । प्रिमियर लिग क्लब एभरटनबाट खेल्ने उनी गत साता कोलम्बिया पुगेको थिए । जुन ३ मा पेरु र जुन ८ मा अरजेन्टिना विरुद्ध खेल्ने टिममा उनलाई राखिएको थियो ।

तर पिटनेस नपुगेको भन्दै उनलाई राष्ट्रिय टिमबाट हटाइएको छ । जसको अर्थ उनले दुवै मैत्रीपूर्ण खेलका लागि जुन १३ देखि सुरु हुने कोपा अमेरिका समेत गुमाउने छन् ।

कोलम्बियाली टिमको मेडिकल टिमले पछिल्ला दिनमा रोड्रिगेजको मेडिकल परिक्षण गरेर र उनी खेल्नका लागि उच्च स्तरमा नरहेकाले उनलाई टिममा सम्मिलित नगरेको कोलम्बयाली फुटबल संघले विज्ञप्तीमार्फत जनाएको छ ।

राष्ट्रिय टिमको कप्तानी गरिसकेका रोड्रिगेजले कोलम्बियाका लागि ८० खेल खेल्दै २३ गोल समेत गरिसकेका छन् । उनी सर्वाधिक गोल गर्नेमा तेस्रो स्थानमा छन् ।

कोरोना महामारीका कारण एक वर्ष पछि सरेको कोपा अमेरिका जुन १३ देखि जुलाई १० सम्म अर्जेन्टिनामा हुँदैछ । यसअघि कोलम्बिया र अर्जेन्टिनामा संयुक्त रुपमा आयोजना हुने तय भएपनि कोलम्बियामा राष्ट्रियपति विरुद्ध प्रदर्शन हुँदा दक्षिण अमेरिकी फुटबल महासंघले कोलम्बियालाई सहआयोजकबाट हटाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment