Comments Add Comment

राष्ट्रिय टिममा मनिषको डेब्यु गोल, भन्छन् : ‘खुशीसँगै दु:खी छु’

१६ जेठ, काठमाडौं । फिफा विश्वकप/एएफसी एसियन कपको संयुक्त छनोटको तयारीमा रहेको नेपालले शनिबार इराकसँग खेलको मैत्रीपूर्ण खेलमा ६-२ को हार बेहोर्‍यो ।

इराकविरुद्ध उसैको मैदानमा नेपालले दुई गोल गर्दा पहिलो गोल गर्ने खेलाडी थिए मनिष डाँगी । अर्को गोल भने नेपालले उपहारमा पाएको थियो । यसअघि नेपालले इराक विरुद्ध ३ खेल खेल्दा ३ गोल गरेको थियो र निराजन रायमाझी र हरि खड्काले गोल गरेका थिए ।

इराकविरुद्ध अर्को गोल कसले गर्ला भनेर चर्चा भइरहेको बेला २० वर्षीय मनिषले गोल गरे ।

कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपालको प्रशिक्षक बनेपछि पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका मनिषले इराक विरुद्ध पहिलो रोजाइमै खेल्ने अवसर पाए । उनले खेल १-१ को अवस्थामा रहेका बेला २९औं मिनेटमा सन्तोष तामाङको चलाखीपूर्ण पासमा गोल गर्दै नेपाललाई इराक विरुद्ध अग्रता दिलाएका थिए । उक्त अग्रता नेपालले १० मिनेट जोगाएको थियो । दोस्रो हाफमा उनी रिप्लेस भए । तर इराकविरुद्ध गोल गर्नेमा भने उनको नाम स्कोरसिटमा रह्यो ।

कोरिया बस्दै आएका मनिषले यसअघि नेपालको उमेर समूहमा खेलेका थिए । तर उनले अहिलेसम्म ए डिभिजन लिग खेलेका छैनन् । खेलपछि इराक विरुद्ध खेल्दा धेरै सिक्न पाएको र राम्रो अनुभव भएको उनले बताए । ‘प्रदर्शन राम्रो भयो । सबै हामीभन्दा राम्रो टेक्निकल्ली राम्रो खेलाडीहरु थिए। रिजल्ट राम्रो आएन । तर धेरै कुरा सिक्न पाएँ । यो एउटा राम्रो अनुभव भएको छ ।’ उनले अनुभव सुनाए ।

डेब्यू खेल गोल गर्दाको अनुभव कस्तो छ भनेर सोध्दा उनले खुशीसंगै दु:ख पनि लागेको बताए । ‘डेब्यूमै गोल गर्दा खुशीसँगै दु:ख पनि लागिरहेको छ। नजिता राम्रो आउन सकेन,’ उनले भने, ‘भविष्यमा मेहेनत गरेर अझै राम्रो गर्न चाहन्छु ।’

प्रशिक्षक अलमुताइरी आएपछि उनी बन्द प्रशिक्षणका लागि बोलाइएको ३२ सदस्यीय सूचीमा परेका थिए । पछि नेपाल सुपर लिगपछि अलमुताइरीले त्यो सूचीमा केही पेरबदल गर्दा पनि उनी अटाए । नेपाल सुपर लिगमा उनले विराटनगर सिटीबाट खेलेका थिए । विराटनगरका लागि उनले वैक्लपिक खेलाडीको रुपमा खेलेपनि उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यसअघि ए डिभिजन क्लब थ्री स्टार क्लबबाट मोफसलमा खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment