Comments Add Comment

भलिबलमा पोल्याण्डका लियोनले बनाए एकै खेलमा १३ सर्भिसको कीर्तिमानी

१६ जेठ काठमाडौं । पोल्याण्डका अल्फ्रेडो लियोनले विश्व भलिबलमा एकै खेलमा १३ सर्भिसको नयाँ कीर्तिमानी बनाएका छन् । हाल भइरहेको भलिबल नेशन लिग अन्तर्गत सर्वियाविरुद्धको खेलमा लियोनले एकै खेलमा १३ वटा सर्भिसमा पोइन्ट ल्याउँदै कीर्तिमानी बनाए ।

उनको उत्कृष्ट प्रदर्श प्रेरित पोल्याण्डले सर्वियालाई ३-१ ले पराजित गरेको थियो ।  लियोनले यसअघि एकै खेलमा रहेको सात सर्भिस अंकको कीर्तिमानीलाई झण्डै डबलले पछि पारे । प्रतियोगितामा बनेको यो पहिलो कीर्तिमानी हो ।

यसअघि सन् २०१९ मा जापानका युजी निसिदाले बुल्गेरिया र अष्ट्रेलियाका सामुइल वाल्केरले ब्राजिल विरुद्ध एक खेलमा ७ सर्भिस अंक ल्याएका थिए ।

यस्तै खेलमा पोल्याण्डले सर्भिसबाट मात्रै कूल १७ अंक ल्याएको थियो जुन अर्को कीर्तिमानी हो । सन् २०१८ मा इटलीले ब्राजिललाई ३-२ को सेटमा पराजित गर्दा सर्भिसबाट १४ अंक जोडेको गियो ।

यसैगरी पोल्याण्डका लियोन फास्टेस्ट सर्भिस गर्ने खेलाडी पनि बनेका छन्। उनले सोही खेलमा १३५.६ किलोमिटर प्रतिघण्टाको स्पिडमा सर्भिस गरेका थिए । यसअघि भलिबल नेशन लिगमा इटलीका इभान जात्सेबले १३४ किलोमिटर प्रतिघण्टाको स्पिडमा सर्भिसको कीर्तिमान बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment