Comments Add Comment

माधव निकट चार नेताको पत्र : कार्यदलको औचित्य छैन, वार्ता बन्द गरौं

२१ जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता  माधवकुमार नेपाल निकट चार नेताले अध्यक्ष केपी शर्मा ओली पक्षसँग भइरहेको वार्ता रोक्न माग गरेका छन् ।

बरिष्ठ नेता झलनाथ खनाल र नेता नेपाललाई सम्बोधन गर्दै जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र राजेन्द्र राईले वार्ता गर्न गठित कार्यदलको औचित्य नै सकिएको निष्कर्ष निकालेका हुन् ।

‘…वार्ता गर्ने कार्यदलको औचित्य समाप्त भइसकेको छ, यसलाई तत्काल बन्द गरौं’, पत्रमा उल्लेख छ । शीर्ष नेताहरुलाई निष्काशनको निर्णय ओलीले गरेकाले कार्यदलको औचित्य सकिएको पत्रमा उल्लेख छ ।

उनीहरुले कार्यदलका सदस्यहरुलाई समेत चेतावनी दिएका छन् । कार्यदलमा रहने नेताहरुले सबै केन्द्रीय सदस्यहरुको प्रतिनिधित्व गर्न नसक्ने पनि उनीहरुले उल्लेख गरेका छन् ।

२ जेठ २०७५ अगाडिको एमाले कायम भएर मात्रै समस्या हल नहुने पनि पत्रमा उल्लेख छ । राष्ट्रिय भेला, कर्णालीमा फ्लोर क्रस, राष्ट्रियसभा उपनिर्वाचनमा आफ्नै उम्मेद्वार र केपी ओलीलाई खराब प्रवृत्तिका नाइके घोषणा गरिनुको अर्थ २ जेठमा फर्कन मात्रै नभएको पनि संस्मरण गरिएको छ ।

यो पनि पढ्नुहोस ओलीले सर्त नमाने अलग पार्टी बनाउने माधव समूहका जनसंगठनको चेतावनी

ओलीको संकटमा परेको सरकार जोगाउन र उनको कमजोरी ढाकछोपका  निम्ति विद्रोह गर्ने शक्तिलाई रोक्न नमिल्ने तर्क गरिएको छ । अहिले सहमति गर्दा अन्य दलहरुले समेत विश्वास नगर्ने पत्रमा उल्लेख छ । ‘हामी आफैं आफ्नो एजेण्डा छोडेर नैतिक र बैचारिक रुपले घरको न घाटको बन्ने दिशामा हिंड्न थाल्यौं भने हाम्रो राजनीतिक स्वत्व बाँकी रहँदैन’, उनीहरुको तर्क छ ।

सहमति भए पनि ओलीले भोलिपल्टै उल्लङ्घन गर्ने भन्दै संभावित दृष्य पनि सम्झाउने प्रयास उनीहरुले गरेका छन् । एमालेको दशौं महाधिवेशनमा झलनाथ खनाल वा माधव नेपाल नेतृत्वमा आउने संभावना र संसदीय निर्वाचनमा टिकटको सुनिश्चितताबारे पनि उनीहरुले प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment