
कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । अचानक मुटुमा समस्या देखिएपछि उनलाई शुक्रबार राती गंगागाल अस्पताल भर्ना गरिएको हो ।
शनिबार उनको मुटुको एन्जियोप्लास्टी गरि दुईवटा स्टयाण्ड राखिएको उनका छोरा यमन श्रेष्ठले अनलाईनखबरलाई जानकारी दिए । एन्जियोप्लास्टीपछि श्रेष्ठको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
मनदकृष्णका छोरा यमनले भने, ‘हिजो आईतबार आइसीयूबाट डिलक्स रुपमा सारिएको छ । अहिले स्वास्थ्य अवस्था ठिक छ । सायद भोली डिस्चार्ज हुुनुहुन्छ होला ।’ मदनकृष्णको डेढ वर्ष मुटुको एन्जियोप्लास्टी गरी एउटा स्ट्यान्ड राखिएको थियो ।
मदनकृष्ण कोरोना संक्रमण भएपछि दुई पटक अस्पताल भर्ना भएर गत सातामात्रै डिस्चार्ज भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4