Comments Add Comment

कोपा अमेरिकाका लागि ब्राजिलको टिम घोषणा

२७ जेठ, काठमाडौं । यही जुन १३ देखि घरेलु मैदानमा हुने कोपा अमेरिका फुटबलका लागि ब्राजिलको टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक टिटेले बुधबार २४ सदस्यीय टोली घोषणा गरेका हुन् ।

विश्वकै पुरानो फुटबल प्रतियोगिता कोपाको ४७औं संस्करण यसअघि कोलम्बिया र अर्जेन्टिनामा हुने तय थियो । तर कोलम्बियामा राष्ट्रपतिविरुद्ध प्रदर्शन र अर्जेन्टिनामा कोरोनाका कारण ब्राजिललाई नयाँ आयोजक तोकिएको हो ।

ब्राजिलमा पनि कोरोना संक्रमण दर बढिरहेको र केही खेलाडी प्रतियोगिताको विपक्षमा रहेकोले अझै पनि शङ्का छ । यसैबीच पनि ब्राजिलले टोली भने घोषणा गरेको छ ।

ब्राजिलको टिममा ३ गोलकिपर, ८ डिफेण्डर, ६ मिडफिल्डर र ७ फरवार्ड छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा ब्राजिलले जुन १३ मा भेनेजुएलासँग खेल्ने तालिका छ ।

ब्राजिलियन टोली

गोलकिपर : एलिसन, एडरसन, वेभेरटन

डिफेण्डर : एलेक्स सान्ड्रो, डानिलो, एमरसन, रेनान लोडी, एडर मिलिटाओ, फेलिपे, मार्क्विन्होस, थियागोलशिल्भा

मिडफिल्डर : कासेमिरो, डुगलास लुइस, एभरटन रिबेइरो, फाबिन्हो, फ्रेड, लुकास पाक्वेटा

फरवार्ड : एभरटन, गाब्रीएल बारबोसा, गाब्रीएल जेसस, नेमार जुनियर, रिचार्लिसन, रोवर्टो फिर्मिनो, भिनिसियस जुनियर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment