Comments Add Comment

युरोकपमा आज तीन खेल हुँदै, पहिलो खेलमा फिनल्याण्ड र रुस भिड्ने

२ असार, काठमाडौं । युरोकप फुटबलमा बुधबार तीन खेल हुँदैछन् । जुन ११ देखि सुरु भएको युरोकप यस पटक ११ देशमा आयोजना भइरहेको छ । सहभागी २४ वटै टिमले एक–एक खेल खेलिसकेका छन् ।

म्याच डे वानका खेलहरु सकिएपछि अब बुधबारबाट म्याच डे टु का खेलहरु हुनेछन् । जस अन्तर्गत आज पहिलो खेल समूह बी मा रहेका फिनल्याण्ड र रुसबीच हुनेछ ।

फिनल्याण्डले यसै संस्करणमार्फत युरोकपमा डेब्यु गरेको हो । पहिलो खेलमा डेनमार्कलाई १–० गोलले पराजित गर्दै फिनल्याण्डले सुखद सुरुवात गरिसकेको छ । रुस भने पहिलो खेलमा बेल्जियमसँग ३–० ले पराजित भएको थियो ।

फिनल्याण्ड लयलाई निरन्ता दिने योजनामा छ भने रुस पहिलो जितको खोजीमा छ । यो खेल रुसको सेन्ट पिटर्सवर्गमा नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।

यस्तै राति ९:४५ बजे हुने खेलमा समूह ए मा रहेका वेल्स र टर्की भिड्दैछन् । टर्की उद्घाटन खेलमा इटलीसँग ३–० ले पराजित भएको थियो भने वेल्सले स्वीट्जरल्याण्ड्सँग १–१ को बराबरी खेलेको थियो । दुवै टिम पहिलो जितको खोजीमा हुनेछ । यो खेल अजरबैजानको बाकुमा हुनेछ ।

समूह ए मै रहेका इटली र स्वीट्जरल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । खेल इटलीको घरेलु मैदान रोममा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment